जन्मभुमीप्रतिको कर्तब्य बोध गर्दै जुटेर सहयोग गर्नु सबै नागरिकको दायित्व सामाजिक विकास मन्त्री, सुदर्शन बराल

 

चन्द्रकोट रुपन्देही सम्पर्क मन्च गठन

 

बुटवल, ७ असार– गुल्मीको चन्द्रकोट गाउँपालिकाबाट रुपन्देहीका आई विभिन्न स्थानमा पेशा व्यवसाय गर्नेहरुको शनिवार तिलोत्तमाको ड्राईभर टोलमा भएको भेलाले चन्द्रकोट रुपन्देही सम्पर्क मन्च गठन गरेको छ ।
भेलाले समाजसेवी देवबहादुर गुरुङको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरेको हो । मन्चको उपाध्यक्षमा घनश्याम गौतम, श्याम बस्नेत, सचिवमा चिरन अर्याल, कोषाध्यक्षमा शोभित श्रेष्ठ र सहसचिवमा मिना कार्की चयन भएका छन् । सदस्यहरुमा कृष्णप्रसाद गौतम, होमनाथ अर्याल, इन्द्रबहादुर दर्लामी, नवराज खरेल, भुपाल गुरुङ, नरेश खत्री, अशोक दर्लामी, होम गलामी, प्रकाश भण्डारी, चिन्तामणी कंडेल, प्रविन भण्डारी, डिलाराम गौतम, कमल खत्री, देवीप्रसाद सापकोटा, दुर्गा खत्री, प्यारा पुन, अस्मिता सापकोटा रहेका छन् ।
तिलोत्तमाको ड्राईभर टोल स्थित द एस आर होटलमा भएको भेलाको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्दै जन्मभुमीप्रतिको कर्तब्य बोध गर्दै जुटेर सहयोग गर्नु सबै नागरिकको दायित्व रहेको बताए । उनले विकास र रोजगारीका क्षेत्रमा जन्मथलो भन्दा बाहिर बसेर कर्मथलोबाट सहयोग गर्न सकिने बताए । कार्यक्रममा नेकपाका प्रदेश सदस्य युवराज केसी, रुपन्देहीका जिल्ला सदस्य यज्ञ गैरेलगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
भेलामा चन्द्रकोट गाउँपालिकाका ८ वटै वाडबाट रुपन्देहीमा आएर बसोबास गर्ने समाजसेवी, व्यवसायी, पेशाकर्मी, बुद्धिजिवी, विभिन्न राजनीतिक दलमा आवद्ध व्यक्तित्व लगायतको सहभागिता रहेको थियो । मन्चले समग्र चन्द्रकोट क्षेत्रको विकास र सम्बृद्धिका लागि सहयोग, सहकार्य, बहस, छलफललगायतका रचनात्मक काम गर्ने अध्यक्ष गुरुङले बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.