बुटवल, ९ असार । एओ एलाईन्स फाउन्डेसनको संयोजनमा मेडिकल अप्रेसन थ्रियटरमा काम गर्ने नर्स तथा प्राविधिकहरुको लागि अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गरिएको छ । दुई दिन सम्म चलेको तालिम सोमबार समापन भएको हो ।
स्वीजलल्याण्डमा रहेको एओ एलाएन्स फाउन्डेसनको संयोजकत्वमा बुटवलका हाड जोर्नी तथा ट्रमा सर्जरी९ट्रामालोजिष्ट० डा। योगेन्द्र अग्रहरिको अग्रसरतामा तालिम प्रदान गरिएको हो । अप्रेसन थ्रियटरमा काम गर्ने नर्स तथा प्राविधिहरुलाई नयाँ प्रविधि अनुसार के कसरी विरामीको हेरचाहा गर्ने, अप्रेसन थ्रियटरमा लैजान पुर्व र अप्रेसको बखत र अप्रेसन पश्चात आउन सक्ने जोखिमहरुको विषयमा तालिम प्रदान गरिएको चिकित्सक डा। अग्रहरीले जानकारी दिए । बुटवलका सबै अस्पतालको अप्रेसन थ्रियटरमा काम गर्ने स्टाफ नर्सहरुबाट ३० जना लाई छनौट गरी तालिम प्रदान गरिएको हो ।
निशुल्क रुपमा प्रदान गरिएको यो तालिम बुटवलमा पहिलो पटक आयोजना गरिएको आयोजक संस्थाले जनाकारी दिएको छ । विदेशमा सोही प्रकृतिको तालिम प्रदान गर्नको लागि प्रती व्याक्ति १ सय ५० अमेरिकी डलर तिनुर्पे अवस्थामा आफ्नो पहलमा निशुल्क गरिएको सिद्धबाबा ईन्टरनेशनल हस्पिटलमा कार्यरत रहेका चिकित्सक डा। योगेन्द्र अग्रहरीले जानकारी दिए ।
यस क्षेत्रमा ट्रामा सेन्टर आवश्यक पर्दछ भन्ने अभियानका अभिायान्ता समेत रहेका डा। अग्रहरीले निकट भविश्यमा तिनाउ ईन्टरनेशनल हस्पिटलमा विशेष गरी ट्रामा सेन्टरको स्थापनामा जोड दिइएको जानकारी दिए ।
विश्व स्वाथ्य संगठनको मान्यता अनुसार एउटा अपरेशन थ्रियटरमा के कस्तो व्यवस्थापन हुनु पर्दछ भन्ने विषयमा तालिममा व्यवहारिक र शैद्धान्तीक जानकारी प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।