प्रदेशपाँचको योजना आयोगको उपाध्यक्षमा प्रो.डा. इश्वर गौतमलाई नियुत्त

 

 

बुटवल, असार ९ । प्रदेश नम्बर पाँचको सोमबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले ६ वटा निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

प्रदेश सरकारले प्रदेशको योजना आयोगको उपाध्यक्षमा प्रो.डा. इश्वर गौतमलाई नियुक्त गरेको छ । यस अगाडिका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले राजिनामा दिएपछि रुपन्देहीका गौतमलाई उपाध्यक्षमा नियुक्त गरिएको हो ।

श्रेष्ठले जेठ १४ गते राजिनामा दिएका थिए । सोमबारबाटै लागू हुने गरी गौतम नियुक्त भएका हुन । बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसको २० वर्ष नेतृत्वमा रहेर काम गरेको गौतमले श्रमिक कल्याणकारी व्यवस्था (लेवल वेल फेयर) विषयमा विद्यावारिधी गरेका छन् । उनको विशेष रुचि शिक्षा क्षेत्रमा छ । एक वर्ष अगाडि मात्र उनले वाणिज्य क्याम्पसको नेतृत्व छाडेका थिए ।

प्रदेश सरकारले दुर्घटनाका घाइतेहरुको विशेष उपचार गराउने उद्देश्यका साथ दाङको लमहीमा ट्रमा सेन्टर बनाउने भएको छ । चौधरीले लमही नगरपालिकाले उपलब्ध गराएको जग्गामा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने जानकारी दिए ।

मन्त्रिपरिषदले सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशशसभा समक्ष  पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.