सहमति भएको हो,तर ढाइ बर्ष पुग्नै बांकी छ’ कृषिमन्त्री खनाल,मन्त्री भन्छन् भन्सारमा दलालको बिगबिगी

मन्त्रीमण्डल फेरिने कुरा बेकारको हल्ला हो ः 
सहमति भएको हो,तर ढाइ बर्ष पुग्नै बांकी छ’ 
नेकपाको बिचार जनताको जनबाद नैे हो, कृषिमन्त्री खनाल

१७ असार,बुटवल ।
कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनालले तत्काल मन्त्रीमण्डल फेरिने कुनै संभावना नभएको दाबि गरेका छन् । बाहिर आएजस्तो हल्ला भित्र नभएको उनको भनाइ छ ।
‘प्रधानमन्त्रीले चाहे सबै मन्त्री फाल्न सक्नुहुन्छ, काम जति राम्रो गरेपनि त्यहि मान्छे बसिरहने कुरा पनि हुदैन,अरुलाइ पालो पनि दिनुपर्छ, प्रधान मन्त्री चाहे जुन सुकै वेला परीबर्तन हुन सक्छ । उनले रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खनालले बजार हल्लामा त सवै मन्त्रीको नाम भएको उल्लेख गर्दै नसुनिएको नाम नै कुन मन्त्रीको छ र ? भन्दै प्रश्न गरे ।उनले आलोपालोमा एकमुष्ठ सहमति भएको हो,तर ढाइ बर्ष पुग्नै बांकी छ’ ः
मन्त्री खनालले पार्टीमा गज्याङमज्याङ छ ,बैचारिक एकता के हुने भन्नेमा बहस भैरहेको छ ,जवज र २१ शताब्दीको जनबाद दुइवटै परिमार्जन रुप नै जनताको जनबाद हो अब यसैलाइ लिएर अघि बढ्न सकिन्छ ।’
तत्कालीन अवस्थामा दुइ पार्टीबिच पार्टी एकता पनि गरांै,सरकार आलोपालो पनि गरौं भनिएकै हो तर अहिले बेला भएको छैन,अढाइ बर्ष त भएको छैन नी ।’ उनले भने ।
पार्टी मिलाएर जानुको बिकल्प नरहेको भन्दै उनले नेकपा टुक्रिने कल्पना पनि गर्न नसकिने बताए ।

पार्टी एकतापछि ३ वटा कुरा चर्चामा छन् उनले भने —बैचारिक एकता,सांगठनिक कुरा ,सरलभधककार र नेतृत्व आलोपालो ।’
मन्त्री खनालले सरकारले राम्रा काम गरिरहेको दाबि गरे । सरकारले कामलाइ योजनाबद्ध नै अघि बढाएका भन्दै उनले तर भनेजस्तो परिणाम आउन नसकेको स्वीकार गरे ।
मन्त्री आफै भन्छन् भन्सारमा दलालको बिगबिगी ः
सरकारले कृषिमा छुट्याएको २८ अरब बजेट मध्ये ९ अर्ब मलमा मात्रै भएको भन्दै उनले पूजिगत बजेट २ अरब रहेको जानकारी दिए ।
भन्सारमा दलालको विगविगी छ पर्चि एकखालको आउछ बास्तकिमाल अर्कै हुन्छ कहि नभएको सिस्टम नेपालका भन्सारमा रहेको बताए । कृषि मन्त्री खनालले खाद्य,प्लान्ट,पशु क्वारेन्टाइनको रिर्पाेटपछि भन्सार हुनुपर्ने भन्दै नेपालमा भन्सारमा दलालको बिगबिगी रहेको स्वीकारे । उनले अनुदानमा पनि निति नबदले किसान भन्दा अकैको हातमा अनुदान पुग्ने बताए । नेपाल दुधमा आत्मनिर्भर हुनुपर्ने भन्दै उनले गतसाल असारबाट धुलो दुध आयातमा बन्द गर्यौं गरेको उनले बताए ।
कार्यक्रम रिपोर्टर्स क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा प्रदेश सदस्य कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.