श्रमशक्तिको सुमचितउपयोग हुने नीति र कार्यक्रमआवश्यक ः प्रमओली

 

काठमाडौं,असार,प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालको श्रमशक्तिको समुचितउपयोग हुने गरीको नीति र कार्ययोजनाआवश्यक रहेको बताउनुभएको छ ।
पोखरा विश्वविद्यालयको २० औं साधारणसभालाई बालुवाटारमाउद्घाटन गर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीओलीले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने बिषयमाविश्वविद्यालयहरुले योजनाबनाउनसक्ने उल्लेख गर्नुभएको छ । “हाम्रोमादेशविकास गर्ने जनशक्ति छ तर बाहिर गइरहेको छ । देशमाकामपाएको छैन । पायो भने सीप र क्षमता छैन ” प्रधानमन्त्रीओलीले भन्नुभयो “त्यसकारण हामीसँगभएको जनशक्तिलाई कस्तो प्रकारको सीप र शिक्षादिने भन्ने योजनाविश्वविद्यालयले बनाएर त्यहींबाट कार्यन्वयन सुरु गर्नुपर्दछ । ”
प्रधानमन्त्रीओलीले नेपालविद्वानपूर्खाको देश भएको बताउनुभएको छ । पौराणिक कालकाऋषीमुनीहरुले यही भूमीबाट ज्ञान प्राप्त गरेको उल्लेख गर्दै प्रधानमन्त्रीओलीले भन्नुभयो “शाशकहरुमा दृष्टिकोणको अभावहुँदा नेपाल केही समय पछि परेको हो तर अब यो अवस्थालामो समय रहदैन । ”

प्रधानमन्त्रीओलीले देशको आवश्यकता र शिक्षाकोतादम्यतानमिल्दा ठुलो ठुलो योग्यताहासिल गरेका मानिसहरु पनि बरोजगार बन्नुपरेको बताउनुभएको छ । “कसैले खेत बेचेर पाइलट बनेका छन् तर जहाजको छेउमा पनिजानपाउदैनन्” प्रधानमन्त्रीओलीले भन्नुभयो “यस्तो अवस्थामाउसको समय,स्रोत सबै खेर जान्छ । त्यसकारण रोजगारीकाअवसर कहाँ छन् भनेर पहिचान गरेर मात्रशिक्षामालगानीगर्नु पर्दछ । ”प्रधानमन्त्रीओलीले त्यस ठाउँको आवश्यकता,रोजगारीको अवसर आदि कुराको बिष्लेषण गरेर मात्रविश्वविद्यालयहरुले नयाँ शैक्षिक संस्थाहरुलाई सम्बन्धनदिनुपर्ने बताउनुभएको छ । “ विश्वविद्यालयहरुले जथाभावी सम्बन्धनदिने कामबन्दगर्नुहोस ” प्रधानमन्त्रीओलीले भन्नुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.