नौनौ महिनामा सत्ताको खेल खेलेर करोडौकमाउने हरुलाई औडाहा भएको छ ं. परराष्ट्र मन्त्री ज्ञवाली

 

संघिय सरकारका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले सरकारर कर्मचारीका बिच दुरी रहेका कारण सरकारको काम प्रभावकारी हुन नसकेको बताउनु भएको छ । उँहाले हाम्रो देशको सिस्टम परीणममुखीभन्दा प्रकृयामुखि भएका कारण समस्या भएको बताउ दै अव सरकारले यो नितिनै परीबर्तन गरेर परीणाम मुखि बनाउने तयारी गरेको बताउनु भयो ।
मन्त्री ज्ञवालीले नेकपाका गुल्मी रुपन्देहि सम्पर्क मञ्चले बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले नयां परिवर्तन र जनताको चाहानालाई आत्मसाथ गर्न नसक्दा र लामो प्रक्रियाको पुरानै ढांचामा कर्मचारी संयन्त्र रहेकाले जनताले परिवर्तनको अनुभुति गर्न नसकेको बताउनु भयो । सदैभरी अस्थीरतामा खेल्न बानि परेका तत्वहरु छटपटाई रहेको बताउदै सरकारले जनताको भावना अनुशारनैकाम गरेको दावि गर्नु भयो । स्थीर सरकार का कारण नौनौ महिनामा सत्ताको खेल खेलेर करोडौकमाउने हरुलाई औडाहा भएको आरोप लगाउनु भयो । सरकारका तमाम राम्राकाम लाई छोडेर नराम्रा कामलाई केहि मिडियाले पुर्वाग्रहि ढंगले प्रचार गरीरहेको आरोप समेत लगाउनु भयो ।
उहाँंले पार्टी एकिकरणका अधिकांश काम सम्पन्न भएको भन्दै पार्टीको पोलिथब्यूरो बन्न पनि सक्ने र नबन्न पनि सक्ने बताउनु भयो । पोलिथब्यूरो नहुंदैमा पार्टी संचालनमा समस्या नआउने नेता ज्ञवालीको भनाई छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिती सदस्य समेत रहेनुभएका मन्त्री ज्ञवालीले सवैगुठी संचालनलाई एकैडालोमा राखेर नियमन गर्न खोज्दा सरकारले समस्या भोग्नु परेको बताउंदै एकै तीरले दुई शिकार गर्न खोज्दा सरकार पछाडी हट्न बाध्य हुनुपरेको स्पष्ट पार्नु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.