बुद्धजन्म भुमिमै बुद्धका मूर्तिहरु तोडफोड विकास विरोधी तत्वबाट नियोजित र संगठित रुपमा घटना गराइएको तिलोत्तमा नपाको ठहर

रुपन्देही , २ साउन

रुपन्देहीको तिलोत्तमामा रहेका बुद्धका मूर्तिहरु तोडफोड गरिएको छ । बुटबलदेखि तिनकिलो मिटरको दुरीमा सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमामा सडकमा राखिएका ५ वटा मूर्तिहरु तोडफोड गरिएको हो ।
अज्ञात समूहले शंकरनगरदेखी नयाँमिलसम्मको बुद्धको मूर्तिहरु तोडफोड गरेको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले बताए । नेपाल सरकारले घोषँणा गरेको भ्रमण बर्ष सफल बनाउन बुद्धको जन्मभुमी लुम्बिनी जाने बाटोमा बुद्धको मूर्तिहरु राखिएको थियो । अराजक समूहले बुद्धको मूर्तिहरु तोडफोड गरेको मेयर घिमिरेले बताए ।
नगरपालिकाले योगीगुठीबाट भलबाडीसम्मको सडकमा २२ वटा बुद्धको मूर्ति बैशाखमा बुद्ध पुर्णिमाकै दिन राखिएको थियो । बुद्धको मूर्तिहरु तोडफोडको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको र घटना अपराधिक मानसिकताले गरिएकोले घटनामा संलग्नहरुको खोजी कार्य्तिब्र पारिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी ले बताएको छ । यसै विच तिलोत्तमा नगरपालिका को आकस्मीक बसेको बैठकले निर्णय गरेको छ । तिलोत्तमा नगरपालिकाको कामबाट अत्तालिएको विकास विरोधी तत्वबाट नियोजित र संगठित रुपमा घटना गराइएको ठहर गरेको छ .

यसै विच तिलोत्तमा नगरपालिका को आकस्मीक बसेको बैठकले  तिलोत्तमा नगरपालिकाले जारी गरेको विज्ञप्तीमा भनिएको छ . २०७६ साउन २ गते आकश्मिक रुपमा बसेको नगर कार्यपालिकाको बैठकले घटनाको निन्दा गर्दै तिलोत्तमा नगरपालिकाको कामबाट अत्तालिएको विकास विरोधी तत्वबाट नियोजित र संगठित रुपमा घटना गराइएको ठहर गरेको छ । राष्ट्रकैं गहनामाथि गरिएको यस प्रकारको जघन्य अपराधले हामी सबैको आस्था र विश्वासमा ठेस पुर्याएको छ विज्ञप्तीमा भनिएको छ । लुम्बिनीको महत्वलाई उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने पवित्र उद्देश्यका साथ नगरपालिकाले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षलाई समेत सघाउने गरी २०७६ वैशाख १ गतेबाट सिक्सलेन सडकमा बुद्धमूर्ति राख्न सुरु गरेको थियो ।

पहिलो चरणमा योगिकुटीबाट शंकरपुरसम्म २२ वटा मुर्ति राखिएकोमा यो वर्ष नगरपालिकाको सिक्सलेन अन्तिम बिन्दु कोटिहवासम्म बुद्धमुर्ति राख्ने हामीहरुको योजना बनाएको जनाउदै विज्ञप्तीमा नवीन सोंच र पवित्र उद्देश्यका साथ सुरु गरिएको यो कार्यमा सबैको साथ–समर्थन प्राप्त भैरहँदा उत्साहित भएका हामीहरु एक्कासी गराइएको यो घटनाबाट निकै स्तब्ध भएको बताएको छ । पवित्र कार्यलाई बिथोल्ने, महामानवको मूर्ति तोडफोड गर्ने व्यक्ति, समूहलाई कानुनी दायरमा लिई कडाभन्दा कडा कारवाही गर्न प्रहरी÷प्रशासन समक्ष जोडदार माग गर्दै यो कार्यमा सघाउन नेपाल सरकार, प्रदेश सरकार र सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीलाई हार्दिक आह्वान गरेको छ नगरपालिकाले   घटनाको बारेमा प्रहरी÷प्रशासनलाई  जानकारी गराइएको र तोडफोडमा संग्लनहरुको खोजी कार्य तीव्र पारिएको जानकारी प्रहरी÷प्रशासनबाट गराइएको व्यहोरा सम्बद्ध सबैमा अनुरोध छ । यो घटनापछि कोटिहवासम्म बुद्धमुर्ति राख्ने तिलोत्तमा नगरपालिकाको योजनामा कुनै बदलाव नआउने र बुद्धमुर्तिको सुरक्षाका लागि विशेष व्यवस्था मिलाइने जानकारी गराउने पनि बताएको छ ।

सार्वजनिक सम्पत्तिलाई हानी–नोक्सानी पुर्याउने, समाजमा डर–त्रास उत्पन्न गराउने, कानुन हातमा लिने, अवाञ्छित क्रियाकलाप गर्न उक्साउने अराजक प्रवृत्तिका विरुद्ध आमनगरबासी महानुभावहरुलाई सधैं सचेत रहन आह्वान गरेको  छ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.