तिलगंगा आँखा अस्पतालको प्रेरणाबाट सवैले सिक्नु पर्छ प्रम ओली

 

डा.रुइतले नेपालको गौरवपूर्ण परम्परा सम्भmाउनुभयो ः प्रम ओली

काठमाडौं,  साउन,प्रधानमन्त्री केपी शर्मा ओलीले डा.सन्दुक रुइतले नेपालको गौरवपूर्ण परम्परालाई सम्झाएको बताउनुभएको छ ।
तिलगंगा आँखा प्रतिष्ठानको २५ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले विद्वान पूर्खाहरुको देश नेपालमा सन्दुकले आँखा उपचारको क्षेत्रमा चमत्कारिक काम गरेको बताउनुभयोे । “डा.रुइतले गौरवपूर्ण इतिहास सम्झाउनु भएको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “आँखा उपचारको लागि विश्वको अग्रणी संस्था स्थापना गरेर धेरैलाई नयाँ संसार देखाउन वहाँ सफल हुनुभएको छ । त्यस कारण वहाँलाई बधाइ र संस्थालाई उत्तरोत्तर प्रगतिको शुभकामना ।”
डा.रुइतको प्रयासमा अन्धोपनका धेरै बिरामीहरुले नयाँ उज्यालो संसार देख्न पाएको प्रधानमन्त्री ओलीको भनाइ छ । तिलगंगा आँखा अस्पतालको प्रेरणाबाट धेरै ले सेवामुखी अस्पताल खोल्ने प्रेरणा लिनु पर्ने वहाँको भनाइ छ ।
स्थापनाको २५ बर्ष मै धेरै उपलब्धी हासिल गर्न सकेको भन्दै प्रधानमन्त्री ओलीले रुइत र अस्पतालको प्रशंशा गर्नु भएको छ । “तपाईंहरुका प्रयास र सेवा अनुकरणीय छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकारको तर्फबाट तपाईंहरुलाई अनुसन्धान,तालिम र उपचारमा यथेष्ट सहयोग हुनेछ । ”

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.