गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोले घर बगाउँदा १० जनाको मृत्यु ५ जना बेपत्ता

 

गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोले घर बगाउँदा अहिलेसम्म १० जनाको मृत्यु भएको छ ।
अन्य ५ जना बेपत्ता छन् । सत्यवती गाउँपालिका–३ मा गाँउ माथिबाट आएको पहिरोमा परेर दाङसिंगाको कसिङथलामा आमा र छोराको मृत्यु भएको छ । सत्यवती–३ कै सिङदीमा २ जना बेपत्ता भएका हुन् । ठू लोलुम्पेकको कसिङथलामा स्थानीय ३० वर्षीय तिलकुमारी तरामुको घर पहिरोमा पुरिएको छ । पहिरोले पुरेर तिलकुमारी र उनका १० वर्षीय छोरा दर्शनको मृत्यु भएको हो । सोही घरबाट २ जनालाई सकुशल उद्दार गरिएको छ ।
सिङदीमा पहिरोले घर पुरिँदा माया विक र उनका १७ वर्षीय बवी विक बेपत्ता छन्। पहिरोले गाउँमा २० घर बढी जोखिममा परेको छन् ।
सत्यवती गाउँपालिका–४ लिम्घा भीरकुनामा अहिलेसम्म ५ जनाको मृत्यु भएको स्थानीय कृष्ण भण्डारीले जानकारी दिए। भिरकुनाका मनबहादुर विक, कालु विक, छलि विक र चन्द्रे विक लगायत दर्जन बढी घरमा पहिरोले क्षति पुगेको छ। ४ जना पहिरोमा बेपत्ता छन्। लिम्घाको भीरकुनाका ६ घरमा पूर्ण रुपमा क्षति पुगेको छ। तीन घरमा ९ जना बस्दै आएका थिए। लिम्घाको भीर कुनामा माथिल्लो भाग र पूर्वबाट पहिरो झर्दा १० घर बढीका बासिन्दालाई सुरक्षित स्थानमा लैजान स्थानीय उद्धारमा खटिएका छन्।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.