गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु २ बेपता २ घाइते

 


साउन, ७ गुल्मी । गुल्मी सत्यबतिमा गएराती देखि परेको अबिल वर्षा संगै गएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडाको ३ घर पहिरोले पुरिदा ११ जनाको मृत्यु भएको हो ।
गाउँपालिकाको लिम्घामा ८ जनाको र ठुलो लुम्पेकमा २ र १ जना पहिरोबाट बच्नका लागि भाग्ने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा मृतक मध्ये ६ जनाको सव बाहिर निकालिएको छ । अरु २ जनाको सव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा ६५ वर्षिय छल्ली बिक, २८ वर्षिय कम्बु बिक, २५ वर्षिय निर्मला बिक, १२ वर्षिय अंजली बिक, १० वर्षिय हेमन्त बिक, ७ वर्षिय शिवानी बिकको सब बहिर निकालिएको प्रहरी जनाएको छ । त्यस्तै सोहि गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षिय तिलकुमारी त्रामु, ९ वर्षिय दर्शन त्रामु र पहिरोबाट बच्न भाग्ने क्रममा ६३ दुर्गाबहादुर सिंजाली मृत्यु भएको हो ।
ठूलोलुम्पेमा रुद्र बिकको घर पहिरोले घर पुरेकोे छ । पहिरोमा घर घर पुरिदा ४० वर्षिय मायाँ बिक र १६ वर्षिय गबि बिक बेपत्ता भएका छन् । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् ।
सत्यवति ४ का १० वर्षिय करिश्मा त्रामु र १३ वर्षिय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएको छ । गएराती देखि परेको अबिल वर्षातले घरमाथीबाट पहिरो जँदा घरमा सुति रहेकाहरुको मृत्यु भएको हो ।
उद्धारको लागि जिल्लाबाट प्रहरी नायव उपरिक्षक मिनबहादुर घले, शसस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रामयमाझी सहितको टोली घटना स्थलल पुगेर उद्धार कार्य सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले का अनुशार पहिरो प्रभावित क्षेत्रमा डक्टर सहितको स्वस्थ्य टोली पनि पुगेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.