इटहरी उपमहानगरका ब्यक्तिले भोगचलन गर्दै आएका सार्वजनिक पोखरीहरु धमाधम उपमहानगर मातहत ल्याइदै

इटहरी, इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको पहलमा ब्यक्तिले भोगचलन गर्दै आएका सार्वजनिक पोखरीहरु धमाधम उपमहानगर मातहत ल्याइदै छ । जमिन्दारहरुले पचासौ बर्ष देखि भोगचलन गर्दै आएका पोखरी उपमहानगर मातहत ल्याएर माछाका भुरा हाल्न थालिएको हो । इटहरी ४ स्थित चौधरी टोलस्थित साढे पाँचकठ्ठाको पोखरीमा ९ पोका माछाका भुरा हालिएको छ ।यसैगरि इटहरी १८स्थित १० कठ्ठा क्षेत्रफलको डकाहा पोखरीमा १० पोका माछाका भुरा हालिएको छ । इटहरीको अन्य वडाका सार्वजनिक पोखरीहरुमा समेत माछाका भुरा हालिने उपहानगरले जनाएको छ । ती पोखरीहरुमा माछापालन गरि उपमहानगरको आन्तरिक आम्दानी वृद्धि गरिने मेयर चौधरीले वताउनुभयो । उपमहानगरले नगरभित्र रहेका सार्वजनिक जग्गा खोजि अभियानलाई तिव्र वनाउने क्रममा ब्यक्तिले बर्षौदेखि भोगचलन गर्दै आएका करौडौका पोखरीहरु उपमहानगर मातहत ल्याइएको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.