प्रधानमन्त्री राहत कोषमा २५ लाख हस्तान्तरण

 

 

काठमाडौं, साउन–प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार राहत दुईवटा संस्थाले २५ लाख रुपैंया हस्तान्तरण गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले १० लाख र व्यापारिक समुह केडिया ग्रुपले १५ लाख रुपैंया हस्तान्तरण गरेका हुन् ।
राहत रकमको चेक बुझ्दै प्रधानमन्त्री ओलीले बाढी पहिरोको चपेटामा परेका जनतालाई सहयोग गर्नका लागि रकम हस्तान्तरण गरेकोमा ट्रेड युनियन र केडिया ग्रुपलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । “प्राकृतिक विपत्तीमा परेका जनताहरुलाई तपाईंहरुले दिएको रकमले उद्धार र राहातमा ठुलो सहयोग पुग्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “मानवीय सहयोगको यस कार्यका लागि तपाईंहरुलाई हार्दिक धन्यवाद छ ।”
राहत रकम बुझाउन गएको निजामती कर्मचारीको आधिकारिक टे«ड यूनियनको प्रतिनिधि मण्डलसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अब सृजना र योगदानको समय आएको बताउनुभएको छ ।
“कतिपयले माग राख्नु अघि नै आन्दोलन गर्न सुरु गर्छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो,– “हामीले लोकतन्त्र ल्याइसक्यौं । लोकतान्त्रिक प्रणाली बसालिसक्यौं । अब आफ्ना माग सुनुवाइ गर्न आन्दोलन गर्नु पर्दैन”। अब सृजनशिल काम र देशका लागि योगदान गर्ने समय आएको प्रधानमन्त्री ओलीको भनाई छ । ”
प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासका निम्ती प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको छ । सरकारको यस अभियानलाई साथ दिन कर्मचरीहरुलाई प्रधानमन्त्रीले आग्रह पनि गर्नुभएको छ । “सरकारका हात खुट्टा भनेका कर्मचारी नै हुन् ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यस कारण कर्मचारीहरु सेवामुखी भए भने जनतामा सरकारप्रतिको सकारात्मक सन्देश पनि जान्छ ।”

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.