गुफामा सोह्र किलो सुन

 

बुटवल,साउन  । गोरखाको गुफामा चोरीको १६ किलो सुन फेला परेको छ । गोरखाको धार्चे गाउपालिका (३ खोर्लाबेशीबाट ओडारमा लुकाइ राखेको अवस्था प्रहरीले सुनको १६ वटा बिस्कुट बरामद गरेको हो । गत २७ दिनदेखि हराइरहेका सुन धार्चे गाउपालिका १ हुल्चुक निवासी खच्चड ढुवानी ब्यबसाय गर्दै आएका धनकमल गुरुङ्ले लुकाएको खुल्न आएको छ । तिब्बत बाट सुन ल्याउन क्रम आफू माथी आक्रमण हुन लागेपछि सुन लुकाएको गुरुङले स्वीकार गरेको प्रहरीले जनाएको छ । काठमाडौंमा पक्राउ परेका गुरूङलाइ लिएर प्रहरी सुन लुकाएको ठाँउमा पुगेको छ। परिवारले धनकमल अपहरणमा परेको भन्दै प्रहरीमा उजुरी दिएको र अनुसन्धानका ४ जनालाइ पक्राउ गरेपछि सुन गुफामा लुकाएको रहस्य खुलेको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.