रोटरी क्लब अफ बुटवलले गुल्मी का पहिरो पिडितलाई सहयोग गर्ने

 

रोटरी क्लबको  
गुल्मी सत्यवतिका पहिरो पिडितलाई राहत तथा पुनस्थापनामा सहयोग गर्ने
बुटवल । रोटरी क्लब अफ बुटवलको दोश्रो क्लब एसम्ब्ली तथा १२७० औ नियमित वैठक क्लब सचिवालयमा सम्पन्न भएको छ ।
बैठकमा क्लब सर्भिस प्रोजेक्ट कमिटि चेयर वोनिन पिया, पब्लिक रिलेशन कमिटि चेयर करुण खनाल, क्लब मेम्वरसिप कमिटि चेयर लेखनाथ खनाल र टिआर एफ कमिटिका कृष्ण प्रसाद पराजुलीले अहिले सम्म भएका कार्यप्रगति प्रतिवेदन पेश गर्नु भएको थियो।
प्रतिवेदनमाथी क्लबका मेन्टर एवं पुर्व अध्यक्ष निर्मलप्रसाद लाकौल, अजयमान श्रेष्ठ, खेम पुन, वैकुण्ठ कोईराला, नविना श्रेष्ठ लगायले जिज्ञासा तथा सुझाव राख्नु भएको थियो ।
क्लबका अध्यक्ष दिल्लीकुमार श्रेष्ठको अध्यक्षता, सचिव रोमनाथ शर्माको संचालनमा भएको वैठकमा प्रमुख अतिथिी एजी एजाज आलमले बुटवललमा अन्य क्वलबहरु भएपनि रोटरी क्लब अफ बुटवललाई हेर्ने दृष्टीकोण डिष्ट्किको राम्रो रहेको यसलाई कायम राख्न सुझाव दिनुभयो। धन्यवाद ज्ञापन प्रेसिडेष्ट काउन्सीलका चेयर विन्द्याकिशोर जोशीले दिनुभएको थियो ।
यसैविच रोटरी क्लब अफ बुटवलले गुल्मी सत्यवतिमा पहिरोबाट प्रभावितहरुको तत्कालको लागी राहत र पुनस्थापनाको लागी सहयोग अभियान संचालन गर्ने निर्णय गरेको छ । पुर्व अध्यक्ष निर्मलप्रसाद लाकौलले राहतको लागी अभियान संचालन गर्ने प्रस्ताव राख्नु भएको थियो । वैठकमा रोटरीयन खेम पुनले ५ हजार १ सय राहत रकम उपलव्ध गराउदै पहिरोबाट प्रभावित अशाहय वालिकालाई निशुल्क पठनपाठनको व्यवस्था मिलाउने घोषणा गर्नुभयो । त्यसैगरी रोटरीयन पुरन श्रेष्ठले ५ हजार १ सय र राम भण्डारीले ५ हजार १ सय राहत रकम उपलव्ध गराउने घोषणा गर्नु भएको थियो । अध्यक्ष दिल्ली कुमार श्रेष्ठ, एजि एजाज आलमले राहत तथा पुनस्थापनाको लागी डिष्ट्किमा पनि प्रस्ताव लैजाने बताउदै सवै रोटरी क्लबको संयोजनको संयोजनकारी भूमिका खेल्ने बताउनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.