भ्रष्टाचारका कारण ठूलै नेताले आत्महत्या गर्ने दिन आउन सक्छ काग्रेस नेता भण्डारी

 

बुटवल साउन १३
काग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले केपी ओली नेतृत्वको सरकारका सवै पखेटाहरुमा खिया लागि सकेको आरोप लगाएका छन् ।रिपोटर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री एक्लैले गर्न खोजेर मात्र नहुने भन्दै काम गर्ने वातावरण नरहेको समेत बताए ।
‘मन्त्रीहरु, आसेपासेहरु खराब छन् यहा त गर्छु भन्दा पनि काम गर्ने अबस्था नै नरहेको बताउदै
ओलीले निर्वाचनका बेला देखाएको राष्ट्रबाद छर्लङ्ग भएको दावि गरे । नेता भण्डारीले भने— ‘ओली जी ले राष्ट्रियताका विषयमा दिएको चेक वाउन्स भैसकेको छ पांच बर्षमा जनताले कारवाही गर्ने छन् ।’
भण्डारीले नेपालका नेताहरु भ्रष्टाचारमा लिप्त भएको समेत बताउदै भ्रष्टाचारकै कारण मुलुकको बिकासले गति लिन नसकेको बताए ।
‘भ्रष्टाचारका कारण दुई जना पुर्व कर्मचारीले त आत्महत्या गरे अव राजनीतिक दलका नेताहरुले पनि आत्महत्या गर्ने दिन आउने दावि गरे । सक्छ’ ।
काग्रेसका धेरै नेताहरु भ्रष्टाचारमा जेल सजाय भोगेपनि नेकपाले खुलमखुला भईरहेका भ्रष्टाचारलाई लुकाई रहेको र स्विकार नगरेको भन्दै भण्डारीले वाइडबढी,बालुवाटार,बुढीगण्डकी,एनसेल लगायतका काण्डका दोषिलाइ कारबाही गर्नैपर्ने बताए ।
नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली अहिले वाइडवडी स्विकार गर्न तयार हुनुहुन्न बाहाना बनाई रहनु भएको छ,दोषीहरु चुपचाप घुमीरहेको छन् ।’ गुल्मीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन र सहयोग गरी फर्किएका उनले गुल्मीको अबस्था दर्दनाक भएको बताए । केही राष्ट्रिय मिडियाले राजनीति गर्दा गुल्मीको अवस्था थप विकराल बनेको उनको भनाइ छ ।
पोखराको उपनिर्वाचन जिताए मात्रै कार्यकाल लम्बाउन सुझाब ः
केन्द्रिय सदस्य समेत रहेका भण्डारीले काग्रेस सभापति शेर बहादुर देउवालाई पोखरामा हुने उपनिर्वाचन जिते सभापतिको कार्यकाल लम्वाउन र नजिते छाड्न सुझाव दिए।
उनले भने—‘दुध नदिने गाइ÷भैसी कहिलेसम्म पालिरहने पोखराको उपनिर्वाचन जिताउनु भयो भने कति लम्बाउने हो लम्वाउनु होला होइन भने सधै कति पाल्ने ?
गुल्मीको पीडामा सबैको सहयोगको खाचो
गुल्मीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन र सहयोग गरी फर्किएका उनले गुल्मीको अबस्था हामिले सुने भन्दा फरक भएको बताए । केही राष्ट्रिय मिडियाले राजनीति गर्दा गुल्मीको अवस्था थप विकराल बनेको उनले बताए ।
नेता भण्डारीले पिडा र महामारीको अवस्था लाईमिडियाले खेलवाड गरेको आरोप लगाए ।, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लाई लक्षित गदै भण्डारीले केही व्यक्तिले हेलिकप्टरबाट दुइ जना बालिकालाई उपचारका लागि लगेको विषयलाई मात्रै मिडियाले हाइलाइट गर्दा यहांको बास्तविक अवस्था छायाँमा परेको आरोप लगाए ।
भण्डारीले संघीय र प्रदेश सरकारले पहिरो पिडीतलाई प्रर्याप्त सहयोग गर्न नसकेको बताए ।
आफुले पिडीत परिवारलाई ५ हजार रुपैयाका दरले सहयोग गर्दा गलत प्रचार गरीरहेको समेत गुनासो गरे ।
प्रदेश सरकारले एकिकृत बस्ती बसाउनुपर्ने भन्दै उनले अहिले १ दिनमै घर बनाउन सकिने अबस्था रहेको समेत बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.