बुटवल, साउन, ।
साहित्यकार तथा पत्रकार लेखनाथ ज्ञवालीले नेपाली साहित्यमा दिएको विशिष्ट योगदानको राज्यले कदर गर्नुपर्ने खाँचो औल्याइएको छ । कवि लेखनाथ ज्ञवालीको नवोैं स्मृति दिवसका अवसरमा काठमाडोैमा आयोजित विशेष कार्यक्रममा वक्ताहरूले ज्ञवालीका कृतिलाइ पाठ्यपुस्तकमा समेटनुपर्नेमा जोडदिए । साहित्यकार समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समाज र नयाँ पुस्तालाइ सही ज्ञान दिन पनि लेखनाथ ज्ञवालीका योगदानलाइ अघि बढाउनुपर्ने बताउनुभयो । श्रममन्त्री लेखनाथ ज्ञवालीले समाज रूपान्तरणमा निर्वाह गरेको भुमिका अतुलनीय रहेको स्मरण गर्नुभयो । उहाले ज्ञवालीबाट निष्ठा, इमान र परिवतर्नको चेत सबैले सिक्नुपर्ने बताउनुभयो । पुर्वमन्त्री युवराज ज्ञवालीले विकृति विरूद्द लेखनाथले कलम,आवाज र राजनीतिबाट समेत योगदान दिएको बताउनुभयो । साहित्यकार मोदनाथ प्रश्रितले नेपाली साहित्यमा अबस्मरणीय योगदान दिएका ज्ञवालीलाइ राज्यले चिन्न नसकेको बताउनुभयो । मोफसलमा रहेकै कारण बहुमुखी प्रतिभा भएका लेखनाथको योगदान ओझेलमा परेको बताउनुभयो । त्यसअबसरमा साहित्यकार ज्ञवालीको स्मृतिग्रन्थ तथा साहित्यकार गुरूदत्त ज्ञवालीको मुख्खेनीको मसान नामक कथासंग्रह विमोचन गरिएको थियो । यसैगरि साहित्यकार दिल साहनीलाइ पुरस्कृत तथा सम्मान प्रदान गरिएको थियो । त्यसअवसरमा वरिष्ठ पत्रकार मदनलाल पौडेल, लक्ष्मण ज्ञवाली,रम्भा पौडेल लगायतले बहुआयामिक व्यक्तित्व लेखनाथ ज्ञवालीबारे चर्चा गर्नुभएको थियो ।