योगेश भए पर्यटनमन्त्री

बुटवल । साउन १५ । नेकपाका चर्चित युवा नेता तथा ताप्लेजुगका सांसद् योगेश भट्राई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।
उनले बुधवार नै राष्टपति कार्यालय शितलनिवासमा पद तथा गोपनियताको शपथ लिए । पहिलोपटक मन्त्री बनेका भट्टराई युवा पुस्ताका चर्चित नेता मध्येका एक हुन ्।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि खाली रहेको पर्यटन मन्त्रालयमा भट्टराईलाई लैजाने चर्चा यसअघि नै चले पनि उनलाई सो जिम्मेवारी दिइएको थिएन ्। अहिले उनले त्यही मन्त्रालयको जिम्मेवारी पाएका हुन् । मन्त्री बनेपछि उनले आफूले पाएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने बताएका छन् ।
वि.सं. २०२३ सालमा ताप्लेजुङको साँघुमा जन्मिएका योगेश अखिलको अध्यक्ष, नेकपा एमालेको सचिव हुँदै अहिले नेकपाको स्थायी समिति सदस्य छन । यसअघि पटक पटक मन्त्री बन्ने चर्चा चले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचक भएकै कारण उनलाई मन्त्री बनाइएको थिएन ्।
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका बेला ताप्लेजुङ पुगेर योगेशलाई जिताउने जिम्मा तपाइहरुको मन्त्री बनाउने जिम्मा मेरो भनेका थिए । तर चार पटक मन्त्रिमण्डल विस्तार गर्दा समेत उनी परेका थिएनन्। तर सिंगापुर जानुभन्दा अगाडि प्रधानमन्त्री ओलीले भट्टराईलाई मन्त्री बनाएका छन् । पहिलो पटक संसद चुनाव जितेर उनी पहिलो पटक मन्त्री बने ।
पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा जेल परेका भट्टराईले जेलमै हालका प्रधानमन्त्री केपी ओली, आरके मैनाली, लगायतसग राजनीति सिक्ने अबसर समेत पाएका थिए ।
उनी बुटवलमा भएको आठौँ महाधिवेशनमा केन्द्रीय सदस्य र काठमाडौँमा भएको नवौँ महाधिवेशबाट सचिवमा निर्वा्चित भएका हुन्।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.