लुम्बिनी प्रादेशिक अस्पताललाई पाँच सय शैया बनाउने

 

 

लुम्बिनी प्रादेशिक अस्पताललाई पाँच सय शैया बनाउने गरी पूर्वाधा र विकास गर्ने र सेवा प्रवाह गुणस्तरीय बनाउने योजनाका साथ माननीय मुख्यमन्त्रीले आज यहाँका जनप्रतिनिधि र अस्पताल विकास समितिका पूर्व अध्यक्षहरुसंग छलफल गर्नुभएको छ । छलफलमा नेकपा महासचिव एंव प्रतिनिधिसभा सदस्य विष्णु पौडेल,प्रदेशसभा सदस्यहरु, बुटवल उपमहानगरपालिकाका मेयर उपमेयर लगायत सहभागी हुनुहुन्थ्यो ।
अस्पतालको पूर्वाधार विकासका लागि गुरुयोजना बनाएर अघि बढ्ने, त्यसको विस्तृत काम प्रदेश योजना आयोगले गर्ने र अस्पतालको बृहत विकासको योजना बारे जानकारी गराउँदै मुख्यमन्त्रीले अस्पतालको विकासका लागि चालिने कदममा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
नेकपा महासचिव विष्णु पौडेलले प्रदेश सरकारले लुम्बिनी अस्पतालको बृहत पूर्वाधार विकासको योजना निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पूर्वाधार विकास र सेवा सुधारका लागि संघीय सरकारबाट आवश्यक सहयोगका लागि पहल गर्ने बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.