साउन २२ । रुकुम खोलाले बगाएर एक विभार्थिको ज्यान गएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १३ का तिलक थापाकी ८ वार्षिया छोरी माया थापाको स्कुल जानेक्रममा बाटोमा पर्ने घोत्ले खोला तर्न लागेको बेला बगाएर ज्यान गएको हो । बालिकाको सव करिब एकसय मिटर तल भेटिएको थियो । । यसअघी पनि सोही वडाकि ४२ वर्सिया बिर्मी बिक खोलाले बगाएर बेपता भयकी छिन । उनको सव खोजि भैरहेको ईलाका प्रहरि कार्यालय कार्यलयले जनाएको छ । उक्त खोलामा पुल नहुदा बर्सेनि यात्रुहरुले सास्ती भोग्नु परेको छ । यसै गरी आजनै
सर्लाहीका दुई स्थानमा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको उत्तरी चुरेभेगस्थित हरिवन नगरपालिका–१, मा बिलन्दी खोलामा डुबेर स्थानीय सोमबहादुर थिङका १२ वर्षीय छोरा सम्थेन थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।यस्तै जिल्लाको उत्तर–पश्चिम भेगस्थित बागमती नगरपालिका–४, नयाँबस्तीमा गोडारी खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । साथीहरुसँगै खोलामा पौडी खेल्न गएकी स्थानीय गुणबहादुर चिताउरे मगरकी ८ वर्षीया छोरी अस्मिता चिताउरे मगरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।