दीपमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम

 

बुटवल, साउन–२४।
बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले शुक्रबार स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम विद्यालयको कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्न र शैक्षिक सफलताका लागि विद्यार्थीहरूलाई उत्प्रेरित गर्न कक्षा १२ का विद्यार्थीहरूको सक्रियता तथा विद्यालयको समन्वयमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै शिक्षा विकास निर्देशनालय प्रदेश नं। ५ का शिक्षा निर्देशक मनोज गैरेले रुपन्देहीको शैक्षिक उन्नयन, विद्यार्थीहरूको शैक्षिक सफलता र जीवनोपयोगी शिक्षा दिने सन्दर्भमा दीप बोर्डिङले उल्लेखनीय काम गरेको बताउँदै शैक्षिक सफलताका लागि विद्यार्थीहरू स्वयम् जागरुक हुनुपर्ने बताउनुभयो ।
कक्षा ११ र १२ का विद्यार्थी तथा शिक्षक शिक्षिकाहरूको उपस्थितिमा आरम्भ रिसोर्टमा सम्पन्न स्वागत तथा अभिमुखीकरण कार्यक्रममा ख्याति प्राप्त प्रशिक्षक डा। तारा जीले सफल जीवनका लागि शिक्षा र सफलताका लागि लक्ष्य निर्धारण जस्ता विषयमा विद्यार्थीहरूलाई उत्प्रेरणामूलक प्रशिक्षण प्रदान गर्नुभएको थियो भने विद्यार्थीहरूले नृत्य, गायन तथा प्रहसन प्रस्तुत गरेका थिए ।
विद्यालयको कक्षा १२ विद्यार्थी शशाङ्क बस्यालको सभाध्यक्षता, शिक्षा विकास निर्देशनालय प्रदेश नं। ५ का शिक्षा निर्देशक मनोज गैरेको प्रमुख आतिथ्यता, अभिभावक महासंघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ढोजूँ, उपाध्यक्ष उमाकान्त चापागाई, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल तथा सुरेन्द्रकुमार शाक्य, प्लस टु संयोजक वसन्त जोशी, विज्ञान सङ्काय संयोजक कमल नेपाल, व्यवस्थापन सङ्काय डी।बी। रायमाझी लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा कक्षा १२ की छात्रा मनिषा पोख्रेलले स्वागत मन्तव्य, कक्षा ११ की विद्यार्थी सुस्मिता पाण्डेले धन्यवाद मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन शिक्षक पुरुषोत्तम पाण्डे, विद्यार्थी मनोहर श्रेष्ठ र ऐश्वर्या कँडेलले संयुक्त रूपमा गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.