जिएमडब्लुका तिनपाग्रे टेम्पो शुभारम्भ,टेम्पो खरीद गर्ने ग्राहक लाई कम्पनीले विद्युतिय साईकल

   

 

बुटवल, २५ साउन
भारतको गएम मोटर वक्र्स (जिएमडब्लु) ले उत्पादन गरेको विद्युतिय टेम्पो नेपालभर आधिकारीक विक्रेताका रुपमा यस रोहिणी ईम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिले शनिबारदेखि औपचारिक रुपमा भित्राएको छ । एक कार्यक्रमका बिच प्रदेश नं. ५ का भौतिक पूवार्धार विकासमन्त्री बैजनाथ चौधरी, जिएमडब्लुको एमडी राजा गएमले टेम्पोको शुभारम्भ गरेका छन । कार्यक्रममा बोल्दै मन्त्री चौधरीले नया प्रविधि सहित आएको ईलेक्टिक टेम्पो धेरै उपयोगी भएको बताए । पेट्रोलियम सवारीको विकल्पका रुप यो रहेको उनले दाबी गरे । धेरै सानो सवारीका कारण ट्राफिकको समस्या उत्पन्न भएको र यसतर्फसमेत ध्यान दिनेगरि योजना अघि बढाउने उनले बताए ।
कम्पनीका जिएम राजा गाएमले नेपालमा पट्रोलियम सवारी साधन हटाउने योजना अनुसार यो उपयुक्त साधन भएको दाबी गरे । ईलेक्ट्रिक टेम्पोको मुख्य विशेषताका रुपमा सिगल लिथिएम आयन ब्यट्रि जडित हुदा ब्यट्रिमा पानी हाल्नुपर्ने झन्झटबाट सवारीधनी मुक्त हुने उनले बताए । भारतको सवारी साधन मापन गर्ने आधिकारीक सरकारी निकाय आईसिएटि बाट कम्पनीलाई वातावरणमैत्री र ब्यवसायीक रुपमा चल्न सक्ने प्रमाणप्रदान गरेको छ । यो टेम्पो अन्यको तुलनामा मजबुत र किफायती रहेको छ । फुलचार्ज गर्न बढीमा ४ घण्टा लाग्ने र ८० प्रतिशत चार्ज हुन १ घण्टामात्र लाग्ने कम्पनीको दाबी छ । टेम्पोका अन्य विशेषताहरुमा बेक्रिङ सिस्टम तथा सस्पेन्सन पेट्रोल टेम्पो सरह रहेको हुनाले यसको ब्रेक अत्यान्त राम्रो तथा गाडी लचकदार रहेको छ । टेम्पोको अधिकतम स्पिड ४० किमी प्रतिघण्टा रहेको छ । टेम्पोको अधिकतम बिक्री मुल्य ६ लाख रुपैया रहेको छ । हाल यस टेम्पो खरीद गर्ने ग्राहक महानुभावलाई कम्पनीले विद्युत साईकल स्कीमको रुपमा राखेका छौ । स्मरण रहोस विद्युतिय साईकलको मुल्य ५० हजार रुपैया रहेको छ । कम्पनीले विद्युतिय साईकल प्रर्वद्धन गर्ने लक्ष्य समेत राखेको कम्पनीका निर्देशक ज्ञान प्रसाद बश्यालले बताए । यो साईकल एक पटक फुल चार्ज गरेपछि ५० किमी गुड्नसक्ने र फुलचार्ज गर्न ३ घण्टा लाग्ने उनले बताए । साईकलको चार्ज सकिएपछि पैदल चलाउन समेत मिल्ने गरि डिजाईन गरिएकाले धेरै उपयोगी भएको उनको दाबी छ । ईन्धनको प्रयोगबाट हुने वातावरण प्रदुषणलाई रोक्न यो सवारी लाभदायक भएको उनको दाबी छ । यसका साथै टेक्पोमा ६ जना सवारी चढाउन मिल्ने भएकाले पनि आम्दानीको हिसाबले लाभदायक हुने उनले बताए । विक्रिपछिको सेवालाई समेत जोड दिएको उनले बताए ।
यातायात कार्यालयका प्रमुख मुक्ती पाण्डेले ई–रिक्सा र टेम्पोको ब्यवस्थापन गर्न २०७५ चैत मसान्तसम्म स्थानिय सरकारको सिफारिसमा गर्ने र रुट समेत तोकी कार्यालयमा दर्ता गर्न सुचना जारी गरेपनि त्यो अटेर भएको बताए । ट्राफिक ब्यवस्थापनमा समस्या बढि भन्दै यसमा सरोकारवाला गम्भिर हुनुपर्ने बताए ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भिमलाल भट्टराईले सुरक्षा चुनौती रहेको बताए । बुटवल उपमहानगरपालिकामा १ हजार १८ रिक्सा र तिलोत्तमा नगरमा ५ सय चलाउन सक्ने क्षमता भएको जानकारी आएको भएपनि योभन्दा धेरै संचालन भएको उनले बताए । कार्यक्रमको अध्यक्षता रोहिणी ईम्पोर्ट एण्ड एक्सपोर्टका संरक्षक रिखिराम बश्याल, निर्देशक कृष्ण बश्याल, निराजन कंडेलले भारतबाट ब्यट्रि आयात गर्दा भन्सार दर महङो हुदा समस्या रहेको बताए । भारतबाट नया ई रिक्सा भित्राउदा भन्सार १० प्रतिशत लाग्ने भएपनि सोही ई रिक्सामा प्रयोग हुने ब्यट्रि भने २५ प्रतिशत भन्दा बढी हुनु नीतिगत समस्या भएको उनले बताए । सरकारले चाडोभन्दा चाडो यो समस्या समाधान गर्न उनले सुझाव दिए । रिक्साको प्रयोजनका लागि उपयोग हुने ब्यट्रिको भन्सार दर कम गर्नुपर्ने उनले बताए ।

पाच थान ई–साईकल हस्तान्तरण
रोहिणी ईम्पोर्ट एण्ड एक्सपोर्टले ईलाका प्रहरी कार्यालय बुटवललाई ५ वटा ईलेक्ट्रिक साईकल हस्तान्तरण गरेको छ । एक समारोहका बिच भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी, जिएमडब्लुको एमडी राजा गएम, रोहिणीका संरक्षक रिखिराम बश्यालले ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भिमलाल भट्टराईलाई साईकल हस्तान्तरण गरेका छन । साईकलहरु प्रहरीले सुरक्षाका लागि गस्तीमा प्रयोग गर्ने छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.