वाङ्मयको साधारण सभामा कृति समीक्षा

 

 

बुटवल, साउन–२५।
लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीले शनिबार साधारण सभा, कृति समीक्षा तथा रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमममा वाङ्मयका कोषाध्यक्ष विजय सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका अध्यक्ष पुरुषोत्तम पाण्डेयले २०७५ सालमा वाङ्मयले गरेका कार्यको प्रगति विवरण प्रस्तुत गर्दै आगामी दिनमा पनि भाषा, कला, साहित्य र संस्कृतिको विकासका सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा कवि महेश पौड्यालको कविता सङ्ग्रह ‘शून्य प्रहरको साक्षी’ कृतिको समीक्षा कविराज पौडेल र रामचन्द्र श्रेष्ठले गर्नुभएको थियो भने कवि महेश पौड्यालले नाङ्गै भएर पनि सियोले लाज छोप्ने लुगा तयार गरे जस्तै कविताले हरेक मान्छेको मन जोड्ने खालका कविता सुनाउनुभएको थियो भने कविताको बिजाधानका बारेमा बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्राज्ञ बूँद रानाले समाजमा फोहोरी खेल र भ्रष्टाचार बढेको प्रसङ्ग उल्लेख गर्दै साहित्य सिर्जना समेत आक्रोश, विरोध र देश दुखेका कुरामा सीमित हुन लागेको प्रति व्यङ्ग्य गुर्नभयो भने कार्यक्रममा प्रमुख अतिथि प्रा।डा। कपिल लामिछानेले सबैको मन छुन सक्ने साहित्य सिर्जना गर्न सके मात्र साहित्यको सार्थकता हुने कुरा औल्याउनुभयो ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षता, प्रा।डा।कपिल लामिछानेको प्रमुख आतिथ्यता, श्री कृष्णशरण देवाचार्य जी महाराज योगी सोमराज, प्रा।डा। हिरण्यलाल ज्ञवाली, साहित्यकार ऋषिराम भुसाल, लेखक ऋषि आजाद, कलाधर अर्याल, हुमकान्त पाण्डे, रुद्र ज्ञवाली, जङ्गबहादुर शाह, रमेश समर्थन लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा कवि महेश पौड्याललाई सम्मान गरिएको थियो भने बिजु पछाईले स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन विष्णु विवश प्रोख्रेलले गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.