श्रृगेंश्रधाममा विश्वकै अग्लो त्रिशुल स्थापना

 

 

बुटवल । साउन २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित श्रृगेंश्रधाममा विश्वकै अग्लो त्रिशुल स्थापना गरिएको छ । ७३ फिटअग्लो त्रिशुलको आज साउने अन्तिम सोमवार पारेर श्री १००८ स्वामी विवेकानन्द सरस्वति महाराजले अनावरण गर्नुभयो ।

 


त्यस अवसरमा उहाँले हिन्दू धर्म परम्परा मानव सभ्यताकै उत्कृष्ठ भएको भन्दै श्रृगेश्वर धामलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । विश्वकै अग्लो भनिएको त्रिशुल तिलोत्तमा नगरपालिका प्रेमनगर निवासी तुल्सीराम कडेंलले धाम परिसरमा स्थापना गर्नुभएको हो । उहाले श्रृगेंश्रधाममा यस अघिनै कैलास पर्वत, मानसरोबर कुण्ड निमार्ण गर्नु भएको थियो । उहाले आफुले शिवभक्तीभावले त्रीशुलको स्थापना गरेको र विश्वकै अग्लो त्रीशुल भएकाले धार्मिक प्रर्यटको बिकासमा टेवापुग्ने उहाको भनाई छ । त्रिशुल अनावरण कार्यक्रममा धामका संरक्षक हिराबहादुर भलामी, सल्लाहकार टिकाराम घिमिरे अध्यक्ष ऋषि भण्डारी, गुल्मेली सम्पर्क समाजका उपाध्यक्ष कृष्ण भण्डारी लगायतले श्रृगेश्वरधा मधार्मिक पर्यटकीय स्थलबन्दै गएको र विकासकालागि सबैले सघाउनुपर्ने बताउनुभयो । धाममा रहेको पशुपतिनाथको मन्दीरमा साउन को अन्तीम सोमबार आज भक्तजनको घुइचो लागेको थियो । चर्को गर्मिका बावजुद भत्तजनहरु घण्टौ लाईनमा बसेर शिवलिङग मा जलार्पण गर्नुका साथै धाममा रहेका विभिन्न मन्दीर को दर्शन गरेका थिय ।
तिनाउनदी छेउ नजिकैको श्रृगेश्वर धाममा पशुपतिनाथको मन्दिर, कैलाश पर्वत, बटुक भैरव, सनिदेवको मन्दीर, एक सय ८ वरपिपल,हवनकुण्ड पशुपति सदन लगायत स्थापना गरिएको छ । सोहि परीषदमा जेष्ठ नागरीक मिलनकेन्द्र को निर्माण भैरहेको छ । धामलाई आर्कषक र मनोमहक बनाउन पानिको फोहरा बगैचा निर्माण समेत भैरहेको छ । धाम सबै धर्मालम्बी हरुको केन्द्रको रुपमा बिकास भैरहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.