नेकपाका नेता,भूमिश्वर ढकालको घरमा तीनवटा पेट्रोल बम प्रहार गाडी क्षतिग्रस्त

 

प्रदेश सभाका नेकपाका प्रमुख सचेतक नेकपाका नेता माननीय भूमिश्वर ढकालको घरमा राति पेट्रोल बम आकर्मण भएको छ । ढकालको घरमा तीनवटा पेट्रोल बम प्रहार भएको र त्यसले गाडीमा क्षति पुगेको बताइएको छ । ढकाल गम्भीर बिरामी परेर काठमाडौंमा उपचारका लागि ९मेडिसिटी अस्पताल० भर्ना भएका बेला यहाँ घरमा आक्रमण भएको हो । सैनामैना(८ रामापुर कलौनीमा रहेको उहाँको घरमा पत्नी, बाबा(आमालगायत हुनुहुन्छ । उहाँ सुत्ने कोठासम्मै बम प्रहार भएको तर त्यो विष्फोट नहुदा मानवीय क्षति जोगिन पुगेको छ । गाडीमा भने पछाडिको भाग जलेर क्षतिग्रस्त भएको छ ।                  साथीको जन्मदिनलाई शुभकामना दिने भन्दै जागै बसेकी पल्लो घरकी एकजना किशोरी सरु आचार्य र साबित्रा पोखरेलले ड्याम्म गरेको आवाज सुनेपछि चिच्याएर गुहार मागेका थिए । राति बाइकमा चढेर आएका तीन जनाले बम हानेर भागेका थिए । छिमेकीहरु जुटेर लगत्तै आगो निभाएका थिए । जिल्ला प्रहरी प्रमुख एसपी हृदय थापासहितको प्रहरीको टोलीले राति नै घटनास्थल पुगेर निरिक्षण गरेको थियो । त्यसक्रममा पेट्रोल र मट्टीतेल भरिएका बम फालेका र विस्फोट नभएका अवस्थामा फेला परेका थिए । माननीयकी धर्मपत्नी निर्मला ढकालले राति घर अगाडि बाइक आएपछि शंका लागेको बताइन । त्यसबेला चोर आयो कि भन्दै शंका लागेको उनले बताइन । मुख्यमन्त्री, सभामुखद्वारा निरीक्षण , घटनाको सर्वत्र निन्दा मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ती मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, संसदीय समितिका सभापति दधिराम न्यौपाने, डाक्टर कृष्ण न्यौपाने, कांग्रेस सचेतक निर्मला क्षेत्री, सांसद कमला विश्वकर्मा, तारा जिसी, प्रजिअ अर्जुनप्रसाद पोखरेल, डिआइजी, एसपी, डिएसपीलगायतको टोलीले निरीक्षण गरेको छ । त्यसक्रममा मुख्यमन्त्रीले घटनाको सुक्ष्म अध्यन गर्न प्रहरी प्रशासनलाई आग्रह गरे । छानबिनका लागि कुनै कसुर नराख्ने भन्दै उहाँले परिवारजनको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गर्न सकिने बताउनुभयो । कानुनमन्त्री कुलप्रसाद केसीले घटनामा संलग्नको खोजबिन गरेर कानुनी दायरामा ल्याइने बताए । यस्ता अपराधपूर्ण कार्य सह्य नहुने उहाको भनाइ थियो । सांसदहरुले सुरक्षाको प्रत्याभूति बनाउन जरुरी रहेको बताउनुभएको थियो । प्रजिअ पोखरेलले कायरतापूर्ण घटनाको छानबिन हुने बताउनुभयो । सैनामैनाका प्रमुख चित्रबहादुर कार्की, नेकपा सैनामैना नगर कमिटीका संयोजक चेतनारायण न्यौपाने, कांग्रेसका नगर सभापति रामप्रसाद अधिकारी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी नगर संयोजक यमलाल खरेललगायतले घटनाको निन्दा गर्नुभएको छ । भिज्वल एफटिपिमा आउदै छ

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.