महादेव पन्थ रूपन्देहीका नयाँ सिडियो

बुटवल ।भदोै १२। गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूको सरूवा गरेको छ ।
मन्त्रिस्तरीय बैठकले गरेको निर्णय अनुसार रूपन्देहीको सिडियोमा गृहमन्त्रालयमा कार्यरत सहसचिव महादेव पन्थलाइ पठाइएको छ ।
यस्तै काठमाडौंमा जनकराज दाहालको सरुवा भएको छ भने काठमाडौंका सिडिओ रामप्रसाद आचार्यलाइ गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै ललितपुरमा भगिरथ पाण्डे, मोरङमा मदन भुजेल, कास्कीमा रमेश केसीलाइ पठाइएको छ ।
दीर्घनरायण पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय प्रमुखमा सरुवा गरिएको छ भने नख्खु कारागारमा सुरेन्द्र पौडेलको सरुवा भएको छ।
सुनसरीमा राजेश पौडेल, बारामा फडिन्द्रमणि पोखरेल, झापामा उदयबहादुर राना, इलाममा सीताराम कार्की, धादिङमा आशमान तामाङ, सुर्खेतमा वसन्त अधिकारी, बाँकेमा कुमारबहादुर खड्का, मुस्ताङमा वेदप्रसाद अर्याल, जाजरकोटमा जनकराज पन्त, रुकुमपूर्व मोहनप्रसाद अर्याल, बझाङमा उमेश पाण्डे, पाल्पामा उमेश ढकालको सरुवा भएको छ।
यस्तै डा। कृष्णबहादुर घिमिरे धनकुटा, सुनिल खनाल सप्तरी, सूर्यबहादुर खत्री महोत्तरी र श्रवणकुमार तिमल्सिनालाई काभ्रेको कायममुकायम सिडिओको जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ ।

Comments

comments

4 प्रतिक्रियाहरु

  1. मेरो आदरणीय दाजिको रुपन्देही को कार्यकाल सुखद र सफल रहोस् । शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.