बुटवल भाद्र १३
उप निर्वाचन बहिष्कार गछौ
नेपाल कम्युनिष्ट पार्टि क्रान्तिकारी माओबादी का अध्यक्ष मोहन वैधले आगामि उप निर्बाचन बहिस्कार गर्ने बताएका छन् । क्रान्तिकारी आज प्रत्रकार महासंघ रुपन्देहिले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष बैधले आगामि मंसीर १४ गते ५० स्थानमा हुने चुनाब मा बहिस्कार गर्ने निर्णय पार्टि गरेको बताए । आबस्यकता अनुसार उपयोग गर्न सकिने निति भएपनि यो सरकार जनता बाट नाङ्गिदै गएकाले भण्डाफोर गर्नका निम्ती उपयोग भन्दा बहिस्कार नै उपउयुक्त हुने भएकाले बहिस्कार गर्ने निती लिएको बताए । सरकारमा बसेका पार्टि हरुले कम्युष्टिको बदनाम गरीरहेको आरोप पनि लगाए । जनतामा भ्रम छर्नेकाम भएको भन्दै यो कम्युनिष्टको सरकार नभएको पनि बताए । सरकार जताजता हावा चल्छ त्यतै वग्ने गरेको आरोप लगाउदै जनताको समस्या हरुको समाधान गर्न नसक्ने बताए । जुन देशमा गयो उसै संग ठिक्क पार्ने परराष्ट् निति गलत गलत भएको पनि उनले बताए । सरकारले बिप्लप समुहलाइ गर्ने दमन को निती गलत भएको भन्दै बिप्लको कार्य दिसा गलत भएकोले केगर्नेहो लाइन स्पष्ट हुनु पर्ने बताए । उनले जनताको भावनाको मापन गर्ने बिधी ठेक्का पत्ता भन्दा फरक नभएको पनि दावि गरे