माष्टर एण्ड मिस लिटिल लुम्विनी को उपाधि आदित्य,र मिस,प्रिन्सेस,फष्टरनर अप प्रिन्सा,सेकेण्ड रनर अप गौरव भण्डारी लाई

     

 

माष्टर एण्ड मिस लि टिल लुम्विनी २०१९ प्रतियोगिताको उपाधि  आइडियल ईगलिस बोर्डिङ स्कुलका कक्षा–३ मा अध्ययनरत अध्ययनरत आदित्य सिं ठकुरीले जितेका छन ।

मञ्जरी ग्रुपले आयोजनामा शनिबार भएको फिनालेमा ९ जना अन्य प्रतियोगीहरुलाई पछि पार्दै ठकुरीले उपाधि चुमेका हुन । उपाधिसंगै उनले आगामी जनवरी २० तारिखमा फिलिपिन्समा हुने लिटिल एण्ड टिन ग्लाम इन्टरनेशनलमा प्रतिस्प्रर्धा गर्ने मन्जरीका अध्यक्ष बिशाल एच आलेले बताए । यसैगरि उनले ६ महिनाको छात्रवृत्ति प्राप्त गरेका छन । प्रतियोगितामा मिस मिनि लुम्विनीको उपाधि अक्सफोर्ड स्कुल कक्षा १ मा अध्ययनरत प्रिन्सेस अर्यालले जितेकी छिन । उनले पनि जुनियर समुहमा सोहि अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएकी छिन । प्रतियोगिताको मारिया मन्टेश्वरीकी प्रिन्सा बस्नेत फष्ट रनर अप घोषित भएकी छिन । यसैगरि प्रतियोगितामा दीप बोर्डिङ स्कुलमा कक्षा–१ मा अध्ययनरत सहभागी  सवै भन्दा कम उमेरका  गौरव भण्डारी सेकेण्ड रनर अप भएका छनमोस्ट एक्टिभ ,मोष्ट कन्फिडेन्ट,पनि  दीप बोर्डिङ स्कुलमा कक्षा–१ मा अध्ययनरत गौरव भण्डारी ले नै जितेका छन् ।  दीपकै ग्रेसि बगाले भ्युअर च्वाइसबाट पुरस्कृत भएकी छिन । उनले भ्युअर च्वाइस उपाधिसंगै मिस फोटोजेनिक, मोष्ट ट्यालेण्ट तथा बेष्ट वाक टाइटल पनि जितेकी छिन । उनले अव थाइल्याण्डमा २ रात ३ दिनको टुरको प्याकेजसमेत पाएकी छिन । प्रतियोगितामा बेष्ट स्माइल र बेष्ट सिंगरको टाइटल विवश कुवरले जितेका छन । थुप्टेन गुरुङ्गले मोष्ट ट्यालेण्ट तथा बेष्ट डान्सर, दिप्रोज पुनले मोष्ट डिसिप्लिन, दर्शन केसी मिष्टर कन्जिनालिटी र मोष्ट क्रियटिभ टाइटल जितेका छन । प्रतियोगितामा म्यान अफ द इयर नेपाल २०७६ डिपलव विश्वकर्मा, मिष्टर लुम्विनी इन्टरनेशनल पवन आचार्य, तिज क्विन देवदह सिर्जना श्रेष्ठ, मिस एसइइ लुम्विनी फष्ट रनर अप झरना खत्रि, मोडल तथा इभेण्ट म्यानेजर दिपा पाठकले निर्णायकको भुमिका निर्वाह गरेको कार्यक्रमका डाइरेक्टर युकेश मान ज्ञवालीले बताए । यसैगरि मिसेस ट्यालेण्ट तिज क्विन देवदह गिता भुर्तेल, मिष्टर टिन नवलपुर शिरिश शर्मा, मिष्टर नेशनल नेपाल संजोग मगर तथा सौन्र्दयकर्मि रिता श्रेष्ठले ट्यालेण्ट राउण्ड निर्णायकको भुमिका निर्वाह गरेको कार्यक्रम निर्देशक सन्देश न्यौपानेले बताए । कार्यक्रमका सहभागीहरुले नेभारा फेशनको पहिरनमा सजिएका तथा मनिश रानाको फोटोग्राफी रहेको मञ्जरी ग्रुपकी सल्लाहकार अञ्जु श्रेष्ठले बताइन । करीब एक महिनाको अवधिमा बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गराउने उद्येश्यका साथ तालिमहरु समेत दिईएको संयोजक कृतिका श्रेष्ठ, सौरभ रेग्मीले बताईन

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.