कर्मचारीतन्त्र बाट मुलुकको सामाजिक,आर्थिक सम्वृद्विका सम्भव छैन , आन्तरीक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसी

 

अहिलेकै कर्मचारीतन्त्र बाट मुलुकको सामाजिक,आर्थिक सम्वृद्विका सम्भव छैन , आन्तरीक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसी

बुटवल भदौ  । प्रदेश नम्बर पांचका आन्तरीक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसीले यहिलेको कर्मचारीतन्त्र बाट मुलुकको सामाजिक,आर्थिक सम्वृद्विका सम्भव नभएको दावि गरेका छन् । उनले व्यवस्था परिवर्तन भएपनि व्यूरोक्रेसीमा परिवर्तन आउन नसकेका कारण जनतामा निरासा उत्पन भएको पनि बताए मन्त्री केसीले नेपाल पत्रकार महासंघ रुपन्देही र नेपाल धितोपत्र वोर्डको आयोजनामा शनिबार रुपन्देहीको बुटवलमा आर्थिक तथा शेयर बजारसम्बन्धी अभिमूखिकरण कार्यक्रममा बोल्दैे मन्त्री केसीले अहिलेको व्यूरोक्रेसीले अबको नेपालको बिकासको गतिलाई धान्न नसक्ने बताउंदै जनताप्रति व्यूरोक्रेसी उत्तरदायी बन्न नसकेको दावी गरे । उनले राजनीतिक रुपमा परिवर्तन भएका उपलब्धीहरुलाई संस्थागत गर्न र अर्थतन्त्रलाई बलियो बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने बताए । नेपाल धितोपत्र वोर्डका अध्यक्ष डाक्टर रेवतबहादुर कार्कीले पूंजी बजारको विकास बिना अर्थतन्त्र बलियो हुन नसक्ने बताए । आर्थिक वृद्वदर बढाउनुको विकल्प नभएको बताउंदै अहिले लगानी बढाउन ठूलो चुनौती रहेको बताए । पूंजीगत खर्च चुनौतीको रुपमा आएको उल्लेख गर्दै संघीय प्रणाली महङो भएकाले नेपाल आर्थिक चुनौतीमा रहेको बताए । पत्रकार डाक्टर अच्युत वाग्लेले नेपालमा अर्थतन्त्रको विकास शिशु अवस्थामा रहेको बताउंदै आर्थिक विकास हुन नसकेको बताए । उनले सकरात्मक समाचार लेखेर पत्रकारहरु उत्तरदायी बन्न नसक्ने बताउंदै पत्रकारहरुले कमजोरीलाई खोजेर समाचार लेख्नुपर्ने बताए । नेपालको पत्रकारितालाई नैतिक रुपमा माथि उठाउनु पर्ने उल्लेख गर्दै कूनैपनि लाभ लिएर पत्रकारहरुले समाचार लेख्नै नहुने बताए । नेपाल धितोपत्र वोर्डका कार्यकारी निर्देशक निरज रेग्मीले पूंजी बजारलाई काठमाण्डौमा मात्र केन्द्रित गर्न नहुने बताउंदै अर्थतन्त्रले गतिलिन नसकेको बताए । उनले अर्थतन्त्रले गतिलिनका लागि देशको राजनीति सुदृढीकरण हुनुपर्नेमा जोड दिए । आर्थिक तथा शेयर बजार रिर्पो्टिङ्ग सम्वन्धी कार्यशाला रुपन्देहीमा क्रिर्या्शिल पत्रकारहरुलाई लक्षित गरेर आयोजना गरिएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.