बागेश्वरी रोटो इन्डष्ट्रिजद्वारा टेक्निसियन भेटघाट

 

 

बुटवल, भदौ २९ । जय बागेश्वरी रोटो मोडलिङ इन्डष्ट्रिजले शुक्रबार बुटवलमा टेक्निसियन भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । सिपिभिसि, पिभिसी पाइप तथा फिटिङस् र पानी टयाङकी इन्डष्ट्रिजले उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको सामग्रीको बजार र तिनीहरुको सहज प्रयोग कसरी गर्न सकिन्छ भनेर पलम्बरहरुसँग भेटघाट गरिएको नमस्ते लुम्बिनीका निर्देशक तुलसीराम कंडेलले जानकारी दिए ।
रुपन्देही तिलोत्तमा योगिकुटी स्थित नमस्ते लुम्बिनी जय बागेश्वरी रोटो मोडलिङ इन्डष्ट्रिजबाट उत्पादित सामग्रीहरुको आधिकारिक विक्रेता हो । कार्यक्रममा बोल्दै विद्युतीय व्यवसायी संघ रुपन्देहीका सचिव चन्द्र भण्डारीले निर्माण क्षेत्रमा सिपिभिसीका सामग्रीहरुले राम्रो बजार लिएको बताए । पलम्बर हरुले स्वास्थ्यमा ख्याल गर्दै श्रमको सम्मानि हुनेगरी काम गर्नुपर्ने बताए । उनले अहिले राज्य,र निजी क्षेत्रले श्रमको मुल्य र सम्मान गर्न नसको पनि बताए ।
नमस्ते लुम्बिनीका निर्देशक तुलसीराम कंडेललेले बागेश्वरीका उत्पादनले बजारको माग अनुसारका टिकाउ र भरपर्दा समाग्री भएकाले यसले ठूलो क्षेत्र ओगटन सफल भएको बताए । भेटघाट कार्यक्रममा झण्डै ५ सय टेक्निसियनहरु सहभागी थिए । गत वर्ष पनि टेक्निसियन भेटघाट कार्यक्रम भएको थियो । इन्डष्टिजले २०७१ सालदेखि पलम्बर व्याण्डका उत्पादन सुरु गरेको हो । यसको उद्योग बाँकेको नेपालगञ्जमा छ । अहिले सिपिभिसीका उत्पादनले बजार लिएको छ ।
जय बागेश्वरी रोटो मोडलिङ इन्डष्ट्रिजका बजार निर्देशक विष्णुहरि भण्डारीले सिपिभिसीका विशेषताहरु बारे पलम्बरहरुलाई जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन नमस्ते लुम्बिनीका सञ्चालक शंकर पाण्डेले गरेका थिए । कार्यक्रममा सहभागी पलम्बरहरुबीच गोलापर्थाबाट प्रथम हरि कृष्ण पाण्डेले फ्रिज, शालिकराम न्यौपानेले दोस्रो भएर २४ इन्चको टिभी, तृतीय भएर बाबुराम भण्डारीले मिक्सचर र सान्त्वना भएर विक्रम राणाले पङखा प्राप्त गर्न सफल भएका छन । गोलापर्था बाटै अन्य आधादर्जन पलम्बरहरु ले मोबाईल सेट प्राप्त गरेका थिय ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.