सिद्धार्थ सहकारीको २० आंै साधारणसभा

 

बुटवल, भदौ २९ । बुटवल–९ स्थित सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था
लिमिटेडको २० आंै वार्षिकसाधारणसभा शनिबार बुटवल सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष सहकारीका अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षता तथा सहरकारीका
जेष्ठ सदस्य किशोर ज्ञवालीको प्रमुख आतिथ्यताका कार्यक्रम भएको थियो ।
सहकारीले अनलाई मार्फत मोबाइल रिचार्ज, टेलिफोन बिल भुक्तानी, हवाई
टिकट र विद्युतीय विल भुक्तानी जस्ता कार्यहरुलाई निरन्तरताका साथ अगाडि
बढाइरहेको छ ।
सहकारीले यस वर्षदेखि रेमिटान्स अन्र्तगत आइएमइ सेवा थप गर्न लागेको
सहकारीका अध्यक्ष पौडेलले जानकारी दिए । सहकारीमा १ हजार ७४ जना शेयर
सदस्यहरु रहेका छन् । भने सहकारीको शेयर पूँजी २ करोड ७८ लाख रुपैयाँ
रहेको छ ।
कार्यक्रममा बोल्दै सहकारीका सल्लाहकार डा. खगराज शर्माले सहकारीहरुले बचत तथा
ऋणको क्षेत्रमा मात्र केन्द्रित नभई अन्य क्षेत्रहरुमा पनि लगानी बढाउनुपर्ने बताए
। कार्यक्रममा सहकारी सल्लाहकार बाबुलाल नेपाल, खिमानन्द भण्डारी, कुशमराज
ज्ञवाली लगायतले बोलेका थिए । सहकारीका अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षता
सदस्य विन्दु खनालको स्वागत तथा व्यवस्थापक ओमप्रकाश भट्टराईको सञ्चालनमा
कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.