गुल्मी कुर्घा–रुपन्देही सम्पर्क समाजमा अर्याल

 

बुटवल, भदौ  । गुल्मी–कुर्घा रुपन्देही सम्पर्क समाजको प्रथम साधारणसभा तथा
अधिवेशनले पुनः तेजनारायण अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको
छ । कार्यसमितिको उपाध्यक्षमा हिराबहादुर थापा, सचिव प्रकाश थापा,
कोषाध्यक्ष टेकनाथ पंगेनी रहेका छन् ।
यस्तै सदस्यहरुमा यम गुरुङ, कृष्ण विक, डम्बर पचभैंया, दुर्गाबहादुर सापकोटा,
सीता पौडेल र जीवन पौडेल रहेका छन् । निर्वाचन समितिले एक जना सदस्य पछि
थप गर्न कार्यसमितिलाई अख्तियारी दिएको छ । आपचौर–रुपन्देही सम्पर्क समाजका
अध्यक्ष मुकुन्द भण्डारी संयोजक तथा पौदीअमराइ सम्पर्क समाजका अध्यक्ष लिलाधर
गौतम र तिलोत्तमा नगरपालिकाका प्रेस सल्लाहकार बीपी गौतम सदस्य रहेको
निर्वाचन समितिले नयाँ कार्यसमितिको टुङ्गो लगाएको हो ।
यसअघि संस्थाको साधारणसभा तथा अधिवेशन उद्घाटन गर्दै गुल्मी–रुपन्देही सम्पर्क
समाजका कार्यवाहक अध्यक्ष डा. नारायण पन्थले स्थापनाको छोटो समयमा संस्थाले
गरेका कार्यहरु प्रशंसनीय रहेको बताए । आफ्नो जन्मस्थल वा पुख्र्यौली
ठाउँको सामाजिक विकासमा टेवा पु¥याउन संस्थाका अगुवाहरुलाई सुझाव दिँदै
उनले यसमा सहयोग गर्न आफू र आफूले नेतृत्व गरेको संस्थाले सधैं सहयोग
गर्ने बताए ।
औपचारिक कार्यक्रमहरु तोकिएकै समयमा सुरु गर्न तथा कार्यक्रमहरु छिटो छरितो
गराउन उनले सुझाव दिए । यस्तै मदन भण्डारी स्पोर्टस् ऐकेडेमीका विदेश
इञ्चार्ज गोपाल थापाले कुर्घेलीहरुको भावानात्मक एकताका लागि समाजले
महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै कुर्घामा समेत कार्यक्रमहरु
गर्नुपर्नेमा जोड दिए । सो अवसरमा अध्यक्षको प्रतिवेदन पेश गर्दै अध्यक्ष
तेजनारायण अर्यालले समाजले नियमित रुपमा रक्तदान, अपाङ्ग तथा अनाथ आश्रममा
सहयोग, तीजमिलन कुर्घेलीहरुको दुःख–सुखमा सहयोग तथा सहभागितालगायतका काम
गर्दै आएको बताए । उनले संस्थाले डाइरेक्ट्री प्रकाशनको अन्तिम तयारीमा
रहेको जानकारी गराउँदै संस्थाका गतिविधिमा सहयोग गर्ने सम्पूर्णप्रति आभार
व्यक्त गरे । संस्थाका सदस्य प्रकाश थापाको सञ्चालनमा भएको कार्यक्रममा मुकुन्द
भण्डारी, हिराबहादुर थापा, टेकनाथ पंगेनीलगायतले बोलेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.