विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइने

 

बुटवल, भदौ २९ । प्रदेश सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान
दिवस मनाउने भएको छ । असोज २, ३ र ४ गते विभिन्न सामाजिक र रचनात्मक
कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । असोज ३ गते संविधान जारी भएको
दिनलाई सरकारले दिवसका रुपमा मनाउदै आएको छ । दिवस मनाउनका लागि प्रदेश
पाँचका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतमा ९७ सदस्यीय मूल समारोह समिति
गठन गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव शंकरप्रसाद खरेलले
जानकारी दिए ।
छ । प्रदेश पाँच सरकारले ४ वटा दिवस मनाउदै आएको छ । संविधान,गणतन्त्र,
प्रदेश स्थापना दिवस र माघी पर्व मनाउदै आएको छ । चार वटा दिवसका लागि २०
लाख बजेट समेत विनियोजन भएको छ ।
असोज २ गते प्रदेशका सबै सरकारी कार्यालयहरुको झण्डा फेर्ने, सामाजिक
विकास मन्त्रालयको संयोजनमा संविधान दिवस सम्बन्धित विषयमा कविता, गजल
प्रतियोगिता बाचन गर्ने प्रदेश राजधानीका मुख्य चोकहरुमा ३ दिन राष्ट्रिय
झण्डा राख्ने, बुटवल क्षेत्रका विभिन्न चोकहरुमा सरसफाई गरिने छ ।
त्यस्तै ३ गते बुटवल मण्डपमा आमसभा गरिने छ । सभा अगाडि विभिन्न झाँकी र
¥यालीसहितको टोली राजमार्ग चौराहाबाट मण्डपतर्फ जानेछ । चार गर्ने बुटवल
र भैरहवामा रक्तदान कार्यक्रम गर्ने, लुम्बिनीमा फलफूल वितरण र साँझ सबै
सरकारी कार्यालयमा दिपावली गरिने छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.