रुपन्देहीमा एकजनाको गोली प्रहार गरी हत्या

 

रुपन्देहीको रोहणी गाउँपालिका–३ मा बैंकबाट रकम लिएर फर्किँदै गरेका
ओमसतिया गाउँपालिका–५ का महेन्द्र कुर्मीलाई लुटेरा समूहले गोली प्रहार
गरी हत्या गरेका छन् ।बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका कुर्मीलाई पछ्याउँदै आएका
व्यक्तिले पैसा नदिएपछि गोली प्रहार गरी भागेको जिल्ला प्रहरी, कार्यालय
रुपन्देहीका प्रमुख हृदय थापाले जानकारी दिए । कुर्मीको घटनास्थलमै मृत्यु
भएको थापाले जानकारी दिए ।
भैरहवास्थित हिमालयन बैंकबाट रकम लिएर घरतर्फ जाँदै गर्दा ४० वर्षिया
कुर्मीमाथि गोली प्रहार भएको हो ।
गोली प्रहार गर्ने समूहले उनको साथमा रहेको ५ लाख रुपैयाँ लुटेर लगेका
छन् । जिल्लाका सबै नाकामा कडा निगरानी गर्दै लुटेरा समूहको खोजी कार्य
भइरहेको प्रहरीले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.