संघीय व्यवस्थाले खर्च बढाए पनि जनताले सेवा लिने खर्च भने घटेको छ , मुुख्यमन्त्री पोखरेल

 

बुटवल । बुुटवल, ३ असोज । प्रदेश पाँचका मुुख्यमन्त्री शंकर पोखरेलले संघीयताले प्रशासनिक खर्च बढाए पनि जनता घटाएको दावी गरेका छन् । संघीयता खचिलो व्यवस्था भनेर गरिने आलोचना गलत भएको उनको भनाइ छ ।संविधान दिवसको अवसरमा शुक्रबार बुटवलमा आयोजित समारोहलाई संवोधन गर्दै मुुख्यमन्त्री पोखरेलले सरकारको राज्यको प्रशासनिक खर्च संघीय व्यवस्थाले बढाए पनि जनताले सेवा लिने खर्च भने घटेको बताए । उनले भने, ‘संघीयता
खर्चिलो व्यस्था होइन । यो जनतालाई सहज र सुलव सेवा दिने व्यवस्था हो ।यसको सफल कार्यान्वन गर्न सबै जुटनुपर्छ ।’उनले थपे, ‘संघीयताको आधार तयार भइसक्यो । जनताका अधिकार व्यवहारमालागूू हुने प्रक्रियामा हामी अगाडि बढेका छौ ।’
नेपालको संविधान जनताका मौलिक अधिकारका दृष्टिले सबैभन्दा उत्कृष्ट रहेको बताएका छन् । त्यसको लागि कानूूनहरु निर्माण गर्न लाग्नुपर्ने बताए । उनले समृद्ध मुलुक निर्माणका लागि राज्यलाई बलियो बनाउन पनि आग्रह गरेका छन् । राज्यलाई बलियो बनाएमात्र जनता बलिया हुने भन्दै सरकारलाई सहयोग गर्न उनले आह्वान गरेका हुन् ।  संघीयताले जनता अधिकार सम्पन्न भएका छन । जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त भएको संविधानमा सबै प्रकारका विशेषता समेटिएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले जनताको मौलिक अधिकारका दृष्टिले पनि जनतालाई अधिकार सम्पन्न बनाएको संविधान महत्वपूर्ण रहेको बताए । उनले राजनीतिक आन्दोलन पुरा भएको जिकिर गर्दै अब नेपाली जनता पछाडी फर्किन नसक्ने र पछाडी फर्काउने काममा भड्काउने हरुलाई नछोडिने बताए । त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले जारी भएको संविधान कार्यान्वयनमा तीन तहका सरकार कृयाशिल रहेको र आर्थिक बिकास समृद्धिको काममा सरकारले काम गरेको उल्लेख गरे । विशेष समारोह पुर्व बुटवलको राजमार्ग चौराहादेखि बिभिन्न जातजातीका भेषभुसा तथा संस्कृतिका झाँकी सहितको ¥याली प्रदर्शन गरिएको थियो । झाँकी सहितको ¥यालीमा ९६ समुह सहभागि भएका थिए ।

उत्कृष्ट १० वटा समुहलाई पुरस्कृत गरिएको थियो । झाँकी सहितको ¥यालीमा तिलोत्तमा नेवा मयजु खलः रुपन्देही प्रथम, पद्म चैत्य बिहार बुटवल १ र कालिका मानवज्ञान माध्यमिक बिद्यालय द्वितीय र जीतगढी सराँय व्यबस्थापन समिति बुटवल, सैनामैना नगरपालिका तथा नेवा समाज प्रदेश पाँच रुपन्देही तृतीय भएका थिए । त्यस्तै राधेश्याम महिला भजन मण्डली बुटवल, क्षेत्री समाज नेपाल रुपन्देही, खेमा तमु छोंज धी देवदह र थारु सांस्कृतिक मयुर नाच सान्त्वना भएका थिए । झाँकीमा उत्कृष्ट समुहलाई क्रमश ः प्रथमलाई ४० हजार, द्वितीयलाई २६ हजार ६६७, तृतीयलाई १३ हजार ३३३ र सान्त्वनालाई ९ हजार ३३३ रुपैंया पुरस्कार प्रदान गरिएको थियो । उनीहरुलाई प्रदेश पाँचका प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री पोखरेलले संयुक्त रुपमा पुरस्कार प्रदान गरे ।प्रदेश सरकारले संविधान दिवसलाई बिशेष रुपमा तीन दिनसम्म मनाउने निर्णय गरेको थियो । सोही अनुसार बिहिबार सरसफाई, सरकारी कार्यालय तथा चोकहरुमा राष्ट्रिय झण्डा फहराएको छ भने शनिबार रक्तदान तथा लुम्बिनीमा फलफूलका बिरुवा रोप्ने कार्यक्रम तय गरेको छ । त्यस्तै सरकारी कार्यालयमा तीनै दिन साँझ दीपावली गरिँदै छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.