महराले राजिनामा दिनु पर्छ गगन थापा काग्रेसको छाँया सरकारले काम गर्न नसको स्वीकार

सदन सडक एकाकारको आन्दोलन को तयारी
असोज १४ बुटबल
केसव भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन कुमार थापाले संघीय ससंदका सभामुख कृष्ण बहादुर महरालाई जवरजस्र्तीकरण सम्बन्धी लागेको आरोप गम्भिर भएकाले निष्पक्ष छानविन गर्नु पर्ने बताएका छन् । निष्पक्ष अनुसन्धानको लागि सभामुखले पदबाट राजिनामा दिन’पर्ने भन्दै आम नागरीक लाई कान’नले जसरी हेर्छ सभाम’ख लाई त्यसरीनै हेर्नु पर्ने बताए । रिपोर्टस क्लब प्रदेश ५ बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै
नेपालको प्रचलित कानूनमा रहेर घटनाको छानविन गर्नु पर्ने थापाले बताए ।
सभामुख महरालाई लागेको आरोप गम्भिर हो तल्लो तहसम्म गएर अनुसन्धान गर्नु पर्छ । पछिल्लो घटना क्रमबाट नेपाल प्रहरीले आफ्नो शाख गुमाएको उँहाले आरोप लगाउँदै प्रहरीले आफ्नो शाख फर्काउने मौंका समेत रहेको बताए । अहिले प्रहरी प्रशासनलाई निष्पक्ष अनुसन्धान गर्नको लागि अवसर भएको भन्दै यसलाई सत्तार शक्त्तीको आडमा थामथुम पार्न नहुने बताए । नेता थापाले नेपालि काग्रेसका सबै तहका विबाद तिन दिन भित्र ट’ङ्गो लगाउने दावि पनि गरे . नेपालि काग्रेसले बनाएको छाँया सरकारले काम गर्न नसकेको स्वकार गर्दै त्यसको समिक्षा छिट्टै ह’ने पनि बताए . नेता थापालले सरकार कामै गर्न नसक्ने गरी खोक्रो भएको आरोप लगाउदै सरकार विरुद्ध सदन र सडक लाई एकाकार गरेर मात्रै सरकारलाई तहलगाउन सकिने भन्दै त्योतयारी आफुहरुले गरीरहेको पनि दावि गरे .उनले सरकारले कानुनै बनाएर जनताका अधिकार खोस्न लागेको आरोप मात्रै लगाएनन सरकार प्रहरी प्रसासन पार्टि मिलेर घट्ना घटाई रहेको समेत दावि गरे .।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.