घरदैलो सहकारीको साधारणसभा सम्पन्न

 

 

बुटवल, कार्तिक  । रुपन्देहीको तिलोत्तमा–४ डिंगरनगरमा अवस्थित घरदैलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधाराणसभा  सम्पन्न भएको छ । सहकारीका अध्यक्ष बाबुराम गौतमको अध्यक्षता तथा यातायात मजदुर तथा व्यवसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सो अवसरमा बोल्दै फुल्लेलले सहकारीले निम्न मध्यम वर्गिय नेपालीलाई उद्यमशिल बनाएको बताए । उनले सहकारीहरु अब मर्जको प्रक्रियामा अगाडि बढनुपर्नेमा जोड दिए । ‘आजको बचत भोलिको भविश्य’ भन्ने मूल नाराका साथ सहकारी स्थापना भएको हो ।
सहकारीमा ४ सय ६६ शेयर सदस्यहरु रहेका छन् । जसमध्ये महिला २ सय ७७ र पुरुष १ सय ८९ जना छन । सहकारीको शेयर पूँजी ६७ लाख ९१ हजार सात सय, ऋण लगानी १ करोड ७२ लाख ८१ हजार १ सय २१ र कूल बचत १ करोड ६ लाख ७८ हजार ७ सय ४८ रहेको सहकारीका कोषाध्यक्ष कूलबहादुर थापाले जानकारी दिए ।
कार्यक्रममा प्लस टुमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने शेयर सदस्यकी छोरी संगीता अस्लामी, नमूना शर्मालाई सम्मान गरियो । त्यस्तै असर बचतकर्ता पुनम श्रेष्ठ र बढी शेयर सदस्य बनाउने कूलबहादुर थापालाई पनि सम्मान गरिएको थियो । साधारणसभाले अध्यक्ष बाबुराम गौतम, कोषाध्यक्ष कूलबहादुर थापा र लेखा समितिका संयोजक विजय गौतमले प्रस्तुत गरेको प्रतिबेदन पारित गरेको छ । कोषाध्यक्ष कूलबहादुर थापाको स्वागत तथा सचिव सन्तोष पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.