मैले स्ववाभिक रुपमा लिएको छु , प्रदेश प्रमुुख उमाकान्त झा मलाइ जस्तै अवका लाई पनि सवैले सहयोग गर्नु

बुुटवल, कार्तिक २० । प्रदेश नम्बर पाँचका प्रमुुख उमाकान्त झा लाई बुुधबार बुटवल एक समारोह आयोजना गरी बिदाई गरिएको छ ।
प्रदेश प्रमुुखको कार्यालयमा आयोजित समारोहमा आन्तरिक मामिला तथा कानूून मन्त्री कूूलप्रसाद केसीले उनलाई बिदाई गरे । सो अवसरमा बोल्दै झाले प्रदेश प्रमुख सरकारले फेर्न सक्ने भएकोले आफूूलाई अहिले कुुनै आपत्ति नभएको र आफुले स्वभाविक रुपमा लिएको बताए । उनले आफूूले संघीयता कार्यान्वयन र संविधानको पालना प्रति निभाएको भूूमिका प्रदेशका जनताले मूूल्याङन गर्ने बताए ।
‘मेरो मूूल्याङन हुुँदै जाँदा संघीयता बलियो बनायौं । संविधानको सही कार्यान्वयन गयौं । म कत्ति पनि बिचलित भएको छैन । आउने नयाँ प्रदेश प्रमुुखलाई पनि मलाई जस्तै प्रदेशबासी साथ र सहयोग गर्नेछन भन्ने आशा लिएको छुु’ प्रमुुख झाले भने ।
उनले आफनो कार्यकालमा प्रदेशले ५० वटा कानूून बनाएको पनि स्मरण गरे । झण्डै २२ महिना प्रदेश प्रमुुख भएका झा बिदाई समारोहमा पनि खुुसी देखिन्थे । उनले अव आउने प्रदेश प्रमुख लाई पनि मलाई जस्तै सहयोग गरे संघियता बलियो बनाउन सहयोपुग्ने भन्दै सहयोग गर्न आग्रह गरे । बिदाई समारोहमा मुुख्यमन्त्री शंकर पोखरेल भने सहभागी थिएनन । भूूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र कानूूनमन्त्री कुुलप्रसाद केसी सचिब कर्मचारी प्रत्रकार हरु सहभागी थिए । अन्य मन्त्रीहरु प्नि उपस्थीत थिएनन् । बिदाई समारोहमा खासै धेरै मानिसहरु सहभागी नहुुँदा कार्यक्रम स्थल खल्लो जस्तो देखिएको थियो । झा ले आफु बुुधबारै गाडीमार्फत काठमाडौं जाने सञ्चारकर्मीलाई बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.