बुटवल । कार्तिक २१ । प्रदेश ५ का नवनियुक्त प्रमुख धर्मनाथ यादवले बुधबार साँझ आफ्नो पदभार ग्रहण गरेका छन् ।
यादवले हिजो साँझ बुटवल स्थित प्रदेश पाँचको अस्थायी मुकाम पुगेर पदबहाली गरेका हुन् । पदभार ग्रहण गर्दै प्रमुख यादवले आफू सरकारसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताए । उनले जिम्मेवारी अनुशारको काम भेदभाव रहित निष्पक्ष रुपमा पुरागर्ने बताएका छन् । आफुले कल्पना नै नगरेको जिम्मेवारी पाउदा निकै हर्षित भएको भन्दै प्रदेश ५ बारे आफुलाई कुनै जानाकारी नभएको भन्दै सबैको सहयोग को लिएर कुसलता पुर्वक जिम्मेवारी पुरा गर्ने बताए ।
१८ कात्तिकमा प्रदेश ५ प्रमुखमा नियुक्त भएका यादवले प्रदेशमा पारित हुने विधेयकको अध्ययन गरी प्रमाणित गरिने पनि जानकारी दिए । सो अवसरमा प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुखलाई स्वागत गर्दै आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसिले आफुहरुले पाको अनुभवि कुसल अभिभावक पाएको भन्दै प्रदेश सरकार र प्रदेशका जनता सवैको साथ रहने बताए । यादवलाई प्रदेश सरकारका मन्त्रीहरु मुख्यमन्त्री तथा मन्त्रीपरीषदका प्रमुख सचिव प्रदेश सभाका सदस्य हरु सुरक्षकिाएका प्रमुख हरु मन्त्रालयका सविब हरु प्रदेशका उच्चपदस्थ ब्यक्ती तथा कर्मचारी स्वागत गरेका थिए् ।