बेलबासमा मुटु हस्पिटल बन्ने देउसी भैलो खेलेर ६ करोड बढी रकम संकलन

 

बेलबासमा मुटु हस्पिटल बन्ने
देउसी भैलो खेलेर ६ करोड बढी रकम संकलन

बुटवल, कार्तिक २१ । बुटवल–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु हस्पिटल बन्ने भएको छ । लायन्स क्लब अफ बुटवल बेलबास सिटीले हस्पिटल बनाउन लागेको हो । हस्टिल बनाउने क्लब दिपावलीको अवसरमा देउसी भैलो खेलेर करोडौं रूपैयाँ संकलन गरी मुटु हस्पिटल बनाउने अभियाननै सुरु गरेको हो ।
तिनाउ नदी पश्चिम क्षेत्रमा मुटु हस्टिलको आवश्यकता महशुस भएपछि त्यसको अभियानमा आफूहरू जुटेको क्लबका अध्यक्ष लक्ष्मण खड्काले जानकारी दिए । उनले आफुहरुले चलाएको अभियान यस क्षेत्रका स्थानियबासीको अपारमायाँ ले आफुहरुलाई उत्साहित बनाएको बताए । हस्पिटल बनाउने खेलिएको देउँसी भैलोबाट ६ करोड भन्दाबढी रकम संकलन गरिएको अध्यक्ष खड्काले जानकारी दिए । हस्टिल बुटवल–१३ बेलबासको (दश नम्बर टोल) मा बन्नेछ । हस्टिलको सहआयोजक लायन्स क्लब अफ् बुटवल बेलबास सृजनशील रहेको छ । हपिस्टलका लागि बुटवल उप–महानगरपालिकासँग जग्गा उपलब्ध गराउने अनौपचारीक सहमति भएको अभियानका संयोजक तथा क्लवका डाईरेक्टर पुरुपोत्तम बस्यालले बताए । २५ शैयाको हस्टिलमा आइसियु÷सिसियु सहित सुविधा हुनेछ । मुटुलाई प्रमुख प्राथमिकता राखेर बनाई पनि अन्य बिरामी हरुको उपचार गरीने बताई एको छ । क्लका संस्थापक अध्यक्ष शिवलाल उपाध्यायले हस्पिटल नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको अत्याधुनिक बन्नेबताए । । निर्वतमान अध्यक्ष उमलाल वञ्जाडेले स्वस्थ्य सेवा महङ्गो हुदा सर्वसाधारण लाई उपचारमा समस्या भएको भन्दै लुम्वीनि मुटु हस्पिटल सवैलाइ सर्व सुलभ तरीकाबाट स्वास्थ्य सेवा दिने बताए । हस्टिल बनाउने आफूहरूले महाअभियान नैं सुरू गरिएको जनप्रतिनिधि तथा क्लबका सचिव वेदप्रसाद गैरेले बताए । उनले हरेक काममा सरकारको मुकताक्ने प्रवृति अन्त्य गर्न स्थानियको आवस्यकता पुरा गर्न हस्पितल बनाउने अभियान सुरु गरेको बताए । क्लबका द्धितीय उपाध्यक्ष डिबी खत्रीले हस्पिटलको सम्पन्न गर्न कुल लगानी २० करोड रुपैयाँ हुने बताए । उनले सवैको सहयोग बाट लक्ष सहजै प्रात्त हुने विश्वास ब्यक्त गरे । उनले १० करोड रुपैयाँ आफूहरुले संकलन गर्ने र हस्पिटलका उपकरणहरु लायन्स क्लब अफ इन्टरनेशनलबाट ल्याउने सहमति भइसकेको बताए ।
मुटु जोगाऔं जिबन बचाऔंभन्ने मुलनारा बनाएर अगाडि बढेको सह,आयोजक लायन्स क्लव अफ बुवल बेलवास सिर्जनसिलका अध्यक्ष मञ्जु भट्टराई, घिमिरे ले बताईन् । उनले यो पुन्यकाम भएकाले आम दिदि बहिनी समेत घरको काम छाडेर अस्पताल बनाउने अभियानाम लागेको बताइन् । क्लवका तृतिय उपाध्यक्ष तथा सांकृतिक उपसमितिका संयोजक राम प्रसाद भुसालले आफुहरुले चलाएको अभियानको उदेश्य आर्थिक सकंलन मात्र नभै मौलिक परम्परा, संकृतिको जगेर्ना गर्नुका साथै लोपन्मुक मौलिक पन को संरक्षण गर्नु रहेको बताए । कार्यक्रमका नितान्त नेपालि मौलिक परम्परामा आधारीत एैतिहासीक सांकृतिक कार्यक्रम संचालन गरीएको संयोजक राम प्रसाद भुसाल ले जानाकारी दिए ।उनले भैलोका सथै ,ख्याल, बासुरी तालमा नाचिने नाच स्वरोठी नाचमा सर्वसाधारणको बढी ख्याती कमाउन सफल भएको समेत बताए ।
लायन्स क्लब अफ इन्टरनेशनलले ६ करोड रुपैयाँका उपकरणहरु (इक्युपमेन्ट) दिनेछ । देउसी भैलोमा बुटवल–१३ का डन्डपानी खनालले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ दान दिएका छन । त्यस्तै अर्का कृष्ण लम्सालले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिए । हस्पिटल दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने हस्पिटल निर्माणका काम अगाडी बढाईने जानाकारी दिए । अभियान्ता क्लवका मेम्वर सिप डाईरेक्टर खिमानन्द गौतमले क्लबले १ हजार संस्थापक सदस्य बनाएर १० करोड रुपैयाँ संकलन गर्ने लक्ष लिएको बताए ।
यो अभियानमा स्थानिय बासी बुद्धिजिवि युवा,नेताहरु समेत स्वतफुर्त होमिए पछि सर्बसाधारण हरुले समेत खुलेरै सहयोग गरेको अभियान्ता बावु भुसालले जानाकारी दिए । भैलो खेलिएको स्थानमा स्थानिय हरुको उल्येख्य सहभागिता रहेको अभियान्ता तथा क्लवका प्रथम उपाध्यक्ष गोविन्द खनालले बताए । अभियानमा कलाकार जेष्ठनागरीक सबैले मनैदेखि सहयोग गरेको अर्का अभियान्ता हरी भण्डारीले बताए । अर्का अभियान्ता जिवलाल पन्थीले बताए । हस्पिटलको सहयोगी संस्थाहरुको कर्सो नेपाल सामाजिक संस्था, महिला मञ्च नेपाल, सहिद स्मृति प्रतिष्ठान न्यू भिजन फाउण्डनेसन नेपाल, महिला स्वाभिमान संस्था सामाजिक चेतना केन्द्र नेपाल, एकल महिला संस्था लगायत दर्जनौं संस्थाहरुले सहयोग गर्नुका साथै आगामी कार्यक्रममा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको अभियान्ता पुर्ण बहादुर कार्किले बताए । अहिले सम्म झण्डै छ सयले संस्थापक सदस्य बन्ने प्रतिबद्धता जनाएका छन् अयिान्ता पर्शुराम खनाल ले जानाकारी दिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.