प्रधानमन्त्रीलाइ खुट्टा नकमाउन डा भट्टराईको आग्रह ,‘समकक्षीसंग बार्ता गरेर प्रधानमन्त्रीले नेपाली भूमि फिर्ता ल्याउन सक्नुपर्छ’

 

बुटवल कार्तिक, २६ परराष्ट्रबिद् डा। दिनेश भट्टराईले सीमा बिवादमा समस्या समाधान गर्न प्रधानमन्त्रीले खुट्टा नकमाउन आग्रह गरेका छन् । रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा आयोजित साक्षात्कारमा बोल्दै डा भट्टराइले सरकारले सबैदलकोसहमति जुटेका बेला भारतसंग कुटनीतिकरुपमा दह्रो कदम चाल्नुपर्ने बताएका हुन् ।पूर्वप्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार समेत रहेका उनले भारतले नेपालको भूमिमा गिद्दे दृष्टि लगाउन नहुनेमा जोड दिए । ‘यो विवाद नया होइन,६० बर्षदेखिको हो,अहिलेको सरकार २०१५ सालको भन्दा पनि बलियो दुइतिहाइको छ,राष्टिय सहमति पनि जुटेको बेला भारतीय समकक्षीसंग बार्ता गरेर पनि प्रधानमन्त्रीले नेपाली भूमि फिर्ता ल्याउन सक्नुपर्छ’ उनले भने । सरकारले जनताको पनि मत पाएको छ,सबै दल एक छन् यसैबेला शक्ति देखाउन प्रधानमन्त्रीलाइ उनको आग्रह छ ।उनले नेपालको सीमा विवाद टुंगाउन आफुहरुजस्ता जानकारहरुको पनि सहयोग चाहिए तयार रहेको समेत बताए । सीमा विवाद अब कहिलेपनि नदोहोरीने गरि टुंगाउने अवसर समेत रहेको भन्दै उनले नेपालका नेतृत्वको अडान नहुदा भारतले नेपालका नेताहरुलाइ नटेरेको उनको दाबि छ ।तुलसीपुर उच्च अदालत बुटवल बारका अध्यक्ष जोगबहादुर खत्रीले सरकार बलियो भएको प्रमाण भारतलाइ देखाउन आग्रह गरे । राससका पूर्व अध्यक्ष तथा अधिबक्ता बालकृष्ण चापागाईले नेपाल सरकारले भारतसंग छिटो वार्ता गर्नुपर्ने बताए । यस्ता बिवाद सधैंका लागि समाधान गर्नुपर्ने उनको भनाइ छ । रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कपिल ज्ञवालीले गरेका थिए

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.