रोट्याक्ट क्लबले साताव्यापी कार्यक्रम गर्ने

 

बुटवल । मंसिर ८ गतेदेखी साताव्यापी विविध रचनात्मक कार्यक्रम गर्ने तयारी रोट्याक्ट क्लब अफ बुटवल डाउन टाउनले गरेको छ ।

ग्रिन सिटी क्लीन सिटीलाई सहयोग पु¥याउने उदेश्यले वुटवलको मुख्य वजार क्षेत्रमा डस्टविन राखेर सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गर्ने तयारी गरिएको क्लबका अध्यक्ष मधुप्रसाद भट्टराईले जानकारी दिए । दोश्रो दिन जिल्ला स्तरीय अन्तर विद्यालय टेवल टेनिस प्रतियोगिता शुरु गरिने छ । दुई दिन सम्म संचालन हुने उक्त प्रतियोगितामा करिव ३ सय प्रतियोगी विद्यार्थीहरुलाई समावेश गराईने कार्यक्रम संयोजक महेश खनालले जानकारी दिए ।

त्यसैगरी ११ गते रोटरी क्लब अफ बुटवल डाउन टाउनसंग सहकार्य गरी लागु औषध दुव्र्यसनी सम्वन्धी जनचेतना खाद्यान्न वितरण र विद्यार्थीहरुलाई पोशाक वितरण गरिने अध्यक्ष भट्टराईले जानकारी दिए । मंसिर १२ गते वक्तृत्वकला प्रतियोगिता गरिने छ । साता व्यापी कार्यक्रमलाई प्रभावकारी वनाउन पुर्व अध्यक्ष, सल्लाहकारहरुले सुझाव दिएका छन । मंगलवार भएको क्लबको तेश्रो वैठकमा रोटरी क्वलका एसिष्टेन गभर्नर राजेन्द्र ढकालले क्लबले समुदायको लागी योगदान हुने गरी कार्यक्रम तय गर्न सुझाव दिए । क्लबका पुर्व अध्यक्षहरु जिवन प्रसाद अधिकारी , विमल प्रसाद भट्टराई, कमल थापा क्षेत्री , जनक प्रसाद दमासे, सन्तोष पौडेल, वालकृष्ण पाण्डे, राजिव गौतम, वावुराम वज्नाडे लगायतले सुझाव दिएका थिए । वैठकमा कार्यक्रमको तयारीको सन्दर्भमा रिपोटिङ गरेको क्लबका सचिव शौरभ भूसालले जानकारी दिए

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.