टेवल टेनिस प्रतियोगिताको तयारी

 

 

बुटवल । टेवल टेनिस खेलको विकास गर्ने उदेश्यले रोट्याक्ट क्लब अफ बुटवल डाउन टाउनले मंसिर ८ गतेदेखी बुटवलमा प्रथम रोट्याक्ट अन्तरमावि जिल्ला स्तरीय टेवल टेनिस प्रतियोगिता संचालन गर्ने तयारी गरेको छ ।

दुई दिन सम्म संचालन हुने उक्त प्रतियोगितामा करिव ३ सय प्रतियोगी विद्यार्थीहरुलाई समावेश गराईने कार्यक्रम संयोजक महेश खनालले जानकारी दिए । जिल्लामा रहेका प्रतिभाहरुको क्षमता प्रस्फूटन गरी टेवल टेनिस खेलको विकासमा टेवा पुराउने उदेश्यले प्रतियोगिता गर्न लागिएको रोट्याक्ट क्लब अफ बुटवल डाउन टाउनको अध्यक्ष मधु प्रसाद भट्टराईले बताए ।

अध्यक्ष भट्टराईले प्रतियोगिता सम्पन्न वनाउन सबैको साथ आवश्यक रहेको बताए । प्रतियोगिता सम्पन्न गर्नको लागी ४ लाख ३ हजार रुपैया खर्चको अनुमान गरिएको कार्यक्रम संयोजक खनालले जानकारी दिए । प्रायोजक, सहयोगी संघ संस्था तथा व्यक्तिहरुको सहयोगबाट प्रतियोगिता सम्पन्न गर्न लागिएको बताउदै उनले क्लबमा वजेट नहुदा नहुदै पनि कार्यक्रम तय गरिएको बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.