जेष्ठ नागरीक ले आफ्ना सन्तती हरु लाई नैतिक शिक्षा,संस्कार मौलिकपन सिकाउनु पर्छ ,सुवेदि

 

जेष्ठ नागरीक घरेलु हिंसाबाट पिडित

 

बुटवल कार्तिक २७
जेष्ठ नागरीक मञ्च बुटबल ७ ले जेष्ठ नागरीक हरुलाई सम्मान गरेको छ । जेष्ठ नागरीक मञ्च समन्वय समिति बुटबल सातको आयोजना वडा कार्यालय बुटबल सात को व्यबस्थापनमा भएको कार्यक्रममा सात नम्मबर वडाका छ जना जेष्ठनागरीक लाई सम्मान पत्र नगद सहित दोसल्ला ओढाएर सम्मान गरीएको हो । कार्यक्रममा बोल्दै प्रमुख अथिति बुटबल उपमाहानगर पालिकाका प्रमुख शिवराज शुवेदीले जेष्ठ नागरीक ले आफ्ना सन्तती हरु लाई नैतिक शिक्षा,संस्कार हाम्रा मौलिकपनका कुरा सिकाउनु पर्ने बताएका छन् । उनले अहिले समाजमा जेष्ठनागरीक अपहेलित हुनुपरेका घट्ना हरुबाहिर आइ रहेको बताउदै जेष्ठ नागरीक समाजमा सम्मानित हुने बाताबरण सकारले गरीरहेको बताए । उनले अब बुवाआमा स्यहार सुसार सम्मान नगर्ने छोरा छोरी लाई अंश नदिन पनि सक्ने कानुन सरकारले ल्णएको पनि उनले जानाकारी दिए । प्रमुख अथिति सुबेदिे यहि सरकारले क्रमस भत्ता बढाएर पाच हजार पुराउने भन्दै ७० बर्षमाथि का जेष्ठनागरी नागरीक लाई निशुल्क स्वास्थ्य बिमा गर्ने तयारी भैरहेको बताए । कार्यक्रममा वडा अध्यक्ष कमल प्रताप थापाले जेष्ठलागरीक का समस्या पहिचान गरेर समाधान गर्दै जाने वडा कार्यलयले दिनि सेवामा प्राथमिकता दिनेगरेको बताए । कार्यक्रममा जेष्ठनागरीक मञ्चका समन्वय समितिका अध्यक्ष मिन प्रसाद न्यौपानेले जेष्ठनागरीक प्रतिको राज्यको भुमिका अझै बढाउनु पर्ने बताए ।उनले साज्यले विशेष संरक्षण तथा सामाजिक सुरक्षाको खाचो रहेको बताए । न्यौपानेले जेष्ठनागरीक हरु घरेलु हिंसा बाट बढी पिडित हुने भन्दै जेष्ठनागरीक मञ्च हिंसामुक्त गराउने अभियान मा लागेको बताए । हिंसामा परेका हरुले सहेर नबस्न समितिमा जानाकारी दिन समेत आग्रह गरे । अध्यक्ष न्यौपानेले आफुहरु वडाको जेष्ठनागरीक हरुको तथ्याङ्क संकलनमा जुटेकोले सवैको बिवरण उपलब्ध गराउएर सहयोग गर्न आग्रह गरे । कार्यक्रममा जेष्ठ नागरीक तथा समाजसेवि रामप्रसाद खनालले राज्यले जेष्ठनागरीक प्रति सम्मान दिनथालेको बताउदै सरकारले चुनावमा बोलेको कुरा पुरा गर्नुपर्ने बताए । कार्यक्रममा नविन थापा , सिता थापा आचार्य मन बहादुर पुन ,सन्तोष पन्थी ,गणेश खनाल, लगाएत ले बोलेका थिय । कार्यक्रममा दुइसय बढी जेष्ठ नागरीकको उपस्थीति रहेको थियो । कार्यक्रम मा तिनजना महिला तिनजना पुरुष,जेष्ठनागरीक भित्रपनि जेष्ठताको अधारमा छजना लाई सम्मान गरीएको थियो । कार्यक्रम संस्थाका सचिव रामप्रसाद खनालको संचालनमा अध्यक्ष मिनप्रसाद न्यौपानेको अध्यक्षतामा सम्ंपन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.