कालो धनका कारण आर्थिक अपराध ः मुख्य मन्त्री पोखेल

 

रुपन्देही व्यापार संघको १८ औ साधारण सभा तथा दशौं अधिवेसन

बुटवल,  कात्तिक ।
प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले बुटवल र भैरहवा क्षेत्रमा आर्थिक अपराध बढ्दै गएको भन्दै आर्थिक अपराध बढेको बताएका छन् । उनले व्यवसायीहरुले अबैधानिक आम्दानि बाट जम्मा भएको रकम बैंकमा जम्मा नहुने हुँदा दायरमा नआउने भएको कारण रकम अपराधिक क्रियाकलामा लागाउने प्रवृत्ती बढ्दै गएको भन्दै यसको निराकरणगर्न जरुरी रहेको बताएका छन् ।
रुपन्देही व्यापार संघको १८ साधारण सभा तथा १० औ अधिवेसनको बुटवलमा उद्घाटन गर्दै मुख्य मन्त्री पोखरेलले कर छल्ने कार्यमा जो कोही संलग्न भएपनि कारवाही भोग्नुपर्ने बताएका हुन । उनले कर छल्ने परिवृत्ती ले समाज गलत दिसामा जाने बताए । उनले आर्थिक अपराध बढाउदै जानेमा बेलैमा व्यपारिक संघ संस्थाहरु सजग नभए संस्थानै बदनाम हुने स्थीति सृजना हुने बताए ।
विदेशमा कर तिर्दा गौरव गर्ने तर नेपालमा कल छल्ने परिपाटी विकास हुनु आफैमा दुर्भाग्य भएको भन्दै मुख्य मन्त्री पोखरेलले सरकारले कारको दर नबढाएको बताए । प्रदेश सरकार आएपछि ढाट राखेर अशुल्दै आएको कर प्रणाली अन्त्य गरिएको भन्दै उनले यसले व्यसायीहरुमा सकारत्मक प्रभाव परेको समेत बताए ।
मुख्य मन्त्री पोखरेलले ३ बर्षमा नेपालको आर्थिक वृद्धिदर दोब्बले वृद्धि भएको भन्दै यस विषयमा व्यवसायीहरु खुसी हुनुपर्ने बेला आएको बताए ।
मुख्यमन्त्री पोखरेलले बुटवलको राजमार्ग चौराहा—चिडियाखोला सडक बिस्तारमा ब्यवसायीकै नेतृत्वमा अदालतमा मुद्धा हालिनु दुःखद् भएको बताए ।
सडक विस्तारमा सहयोगको आग्रह गर्दै उनले भने, ‘सडक मिचेका घरमा बैंक भए बैंक हटानउन ब्यापार भए ब्यापार छाड्न् आग्रह गर्दै बुटवल बनाउन तपाईंको योगदान रहनुपर्ने बताए ।’ बुटवलको मुख्य बाटो रोक्दा बुटवल बासी र ब्यबसायीहरुलाई नै नोक्सान हुने भन्दै उनले तत्काल हेरेर भबिष्य नगुमाउन आग्रह गरे । कार्यक्रममा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले व्यवसायीहरुले गौरव गर्ने खालको संरचना निर्माणमा सरकार लागिपरेको बताएका थिए । आर्थिक समृद्धिको मुल आधार उद्योग, पर्यटवन र पुर्वाधारलाई लिएको सरकार सोही अनुसारका भौतिक संरचना निर्माण गरेको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, नेपाली काग्रेस नगर सभापती खेलराज पाण्डे, रुपन्देही व्यापार संघका पुर्व अध्यक्ष श्रीकृष्ण नेपाल, जेपी कण्डेल, लगायतले आ आफ्नो भनाई राखेका थिए । साधारण सभा तथा अविधेसनका संस्थाले गरेका कार्यक्रमहरुको बारेमा संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठले प्रका पारेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.