प्रदेश नं ५ मा आफ्नै सफ्ट्वयर हुने , दक्ष जनशक्ति पाईने प्रदेशको रुपमा चिनाउने,मुख्यमन्त्री पोखरेल

 

बुटवल कार्तिक २९

मुख्यमन्त्री पोखरेलले प्रदेशलाई सूचना प्रबिधिमैत्री प्रदेशको रुपमा विकास गर्ने योजना रहेको बताएका छन् ।बिहिबार साँझ प्रदेश नं ५ का सूचना तथा सञ्चार प्रबिधि प्रतिष्ठानका कार्यकारी निर्देशक अनुप बास्कोटादे सपथग्रहण गराउदै मुख्यमन्त्री पोखरेलले  कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले पतिष्ठानले प्रदेशलाई आवस्यक पर्ने आप्नै सूचना तथा सञ्चार प्रबिधि सफ्ट्वयर निर्माण गर्ने  आवस्यक पर्ने दक्ष जनशक्ति  उत्पादन गर्दै जानुपर्नेमा जोड दिए ।  जति सुचना,प्रबिधिमैत्री भए मात्र शुसासनको शुनिश्चता उतिनै हुने भन्दै मुख्यमन्त्री पोखरेलले अहिलेको प्रबिधि सुरक्षित नभएको बताएका छन् । सूचना प्रबिधिको प्रयोगकै कारण अमेरिका,चीन लगायतका मुलुकहरुहरुको आर्थिक अवस्था माथि उठेको भन्दै उनले प्रदेश नं ५ लाई सूचना तथा प्रबिधिका दक्ष जनशक्ति पाईने प्रदेशको रुपमा चिनाउने गरी काम गर्न प्रतिष्ठानलाई सुझाव दिए ।पछिल्लो समय सूचना प्रबिधिको प्रयोग अपरिहार्य भएको भन्दै मुख्यमन्त्री पोखरेलले नेपालले हाल प्रयोग आएका प्रबिधिहरु सूरक्षीत भने नभएको बताए ।सूचना प्रबिधिको प्रयोग गर्दा कसरी सूरक्षीत बनाउने भन्ने तर्फ पनि नयाँ नयाँ खोज र अनुसन्धान गर्नुपर्ने आवस्यकता औल्याए ।सपथ ग्रहण गर्दै प्रतिष्ठानका कार्यकारी निर्देशक बास्कोटाले प्रदेशलाई सूचना प्रबिधिमैत्री प्रदेशको रुपमा बिकास गर्न आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा प्रदेश सरकारका मन्त्री,सचिबहरु,उच्च सरकारी अधिकारीहरुको सहभागिता रहेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.