जनताबाट सम्मानित हुनेगरी काम गर्नुस मन्त्री चौधरी

 

बुटवल । मंसिर १

प्रदेश पाँचका भौतिकयोजना तथा पुर्वाधारमन्त्री बैजनाथ चौधरीले प्रदेशका सबै नागरिकको घरसम्म विद्युत सेवा पुग्न नसकेको बताउनु भएको छ ।

नेपाल विद्युत प्राधिकरण राष्टिय कर्मचारी युनियनको प्रदेश स्तरीय कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री चौधरीले प्रदेशका भित्रि गाउँहरुमा अहिलेसम्म विजुली पुग्न नसकेको र विद्युत भएका ठाँउमा पनि गुणस्तरीय नभएको बताएको बताउनुभयो । उहाले नेपाल विद्युत प्राधिकरण राष्टिय कर्मचारी युनियनको प्रदेश पाचले प्रकाशन गरेको विधुत् शन्देशको विमोचेन गदै जनताबाट सम्मानित हुनेगरी काम गर्न पनि आग्रह गर्नु भयो । मन्त्री चौधरीले केन्द्र सरकारले कानून नबनाउँदा अहिलेसम्म पनि कर्मचारीको समायोजन हुन नसकेको र त्यसले जनतालाई सेवा दिन समस्या भएको पनि मन्त्री चौधरीको भनाइ छ ।

कर्मचारी युनियनका आधिकारीक ट्रेड युनियनका अध्यक्ष रामेश्वरप्रसाद पौडेलले सरकारले कर्मचारीको हित विपरितको कानून परिमार्जन गर्न खोजेको आरोप लगाए । युनियनका सहसंयोजक खगेन्द्र शाहीले सेवाग्राहीसँग आर्थिक लाभ खोज्ने प्रवृति अन्त्य हुनुपर्नेमा जोडदिनुभयो ।

कार्यक्रममा संगठन विभाग प्रमुख भूमिनन्द अर्याल, नेपाल विद्युत प्राधिकरण प्रदेश पाँचका प्रमुख नवराज सुवेदी,भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्र कुमार झा,स्ंमारिका संयोजक राजेन्द्र क्षेत्री, नेकपाका जिल्ला सचिव निर्मल जीसि,ज्यालादारी कर्मचारीका अध्यक्ष नरेन्द्र यादव,रुमाकान्त बस्याल, लगायतले बोल्नुभएको थियो ।

,प्रदेश पाँचका अध्यक्ष कल्पना थापाको अध्यक्षतामा भएको कार्यक्रम टेक बुढाको संचालनमा भएको थियो ।

कार्यक्रममा स्मारिका विमोचन गरिएको थियो भने भलिवलका खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमा प्रदेश पाचका पाँच सय विधुत प्राधिकरण का कर्मचारी हरुको सहभागीता रहेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.