प्रदेशलाई आर्थिक बोझको रुपमा लिनुनै गलत मुख्यमन्त्री पोखरेल

 

१ मंसिर, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बिकासको आधार प्रदेश भएको बताउनु भएको छ । प्रदेशलाई आर्थिक बोझको रुपमा लिनुनै गलत भएको भन्दै प्रदेश संरचना पछि मुलुकको आर्थिक जिडिपी बढेको दाबि गर्नुभयो ।
‘प्रदेश लाई अलक राखेर संघियता को कल्पना गर्न नसकिने प्रदेशनै संघियताको आधार सिला भएको बताउनुभयो ।’ बुद्ध जन्मस्थलीमा लुम्बिनी आज न्युज फेस्टिवल को उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले, भन्नुभयो ‘संघीयताले नै मुलुक बलियो बनाउँछ ।’ उहाँले सकारात्मक विचारका साथमा अघि बढ्न आग्रह गदै देश विकासको लागि मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
उहाले लुम्बिनी, लुम्बिनी क्षेत्रको लागि मात्रै नभएको भन्दै विश्वभरका मानिसहरुको लागि लुम्बिनी साझा शान्तिको थलो समेत भएको बताउनुभयो । लुम्बिनी नै ज्ञानको भूमि भएको बताउदै यहाको ज्ञानकै कारण बुद्ध बुद्धजन्मस्थली नै बुद्धिज्मको मूल आधार समेत भएको बताउनु भयो । बुद्ध भन्दा पहिलाका ३ वटा बुद्ध जन्माउने भुमी नै अहिलेको लुम्बिनी क्षेत्र सेरीफेरी रहेको उहाँको भनाइ छ

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.