भरत शाहाले लगाए गोकणर््ा बिष्टलाई आरोप मेनपावर र मेडिकल वालालाई कार्वाहि गरेर गलत गरे

देश आर्थिक मन्दीको अवस्थामा पुग्यो,सरकार असफल ः लेखा सभापति शाह
६ मंसिर,बुटवल ।
जुनकामको सफलताले आम सर्वसाधारणले बिच लोकप्रियता कमाई रहेका नेता गोर्कण विष्टलाई राम्रो नगरेको आरोप नेपालि काग्रेस का नेता भरत शाहाले लगाएका छन् ।
प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति समेत रहेका भरतकुमार शाहले मन्त्रीका कारण मेनपावर र मेडिकल माथी कार्वाहि गरेर बेरोजगारी बढाएको आरोप लगाए । जनता र नेकपा भित्र लोक प्रियबनेका नेता पुर्व श्रममन्त्री गोर्कण विष्टले नबुझेको कारण मेडिकलवाला मुद्दा चलाएर आरोप छ। आफुलाई नैतिकवान सम्झेर ठगी चोरी गरेकोनाममा मुद्दा चाउनु जरुरी नभएको बताए । रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै उनले देश आर्थिक मन्दीको अवस्था रहेको दावि गरे ।
आम श्रमिक र बिदेशि युवाले समेत राम्रोकाम गरेको भनेर हाईहाई बनेका नेकपा नेता तथा पुर्वमन्त्री गोर्कण विष्ट लाई नबुझेको आरोप लगाउनु अर्थ पुर्ण रुपले हेरीएको छ । उनले भने मेडिकलवाला लाई मुद्दा चलाउन जरुरीनै नरहेको समेत उनले बताए .भरखरै श्रममन्त्री  हटेका नेता बिष्ट ले केहि नमुना योग्य काम गरेर चर्चामा रहेका बेला मन्त्रीबाट हटाउदा सरकारको आलोचना समेत भएको बेला प्रतिपक्षका नेताले यस्तो आरोप लगाएका हुन् ।
उनले १० बर्षपहिलेदेखिको गोलमाल भएको हिसाब मिलान,कारबाहि,असुल उपर,बेरुजु फस्र्यौट,माफि लगायतका प्रकृयामा समिति क्रियाशिल भएर काम गरिरहेको उनले दाबि गरे ।
सरकारले गरेका एकएक कामको लेखाजोखा भैरहेको भन्दै उनले कुनैपनि पदमा रहेकालाई आर्थिक हिसाब हिनामिना गर्ने अधिकार नहुने बताए ।
सभापति शाहले अन्त शुल्कको स्टीकर छपाइको टेण्डर नेपाली कम्पनीले पाउनुपर्ने बताए ।
अर्थ मन्त्रालयले मनोमानी गरेर ४ अर्ब बराबरको टेण्डर बिदेशी कम्पनीलाइ दिएको भन्दै नेपाली कम्पनीलाइ नै टेण्डर दिन निर्देशन समेत दिएको समेत बताए ।
सरकारले आर्थिक पारदर्शिता अपनाउन नसकेको भन्दै अर्थमन्त्री डा युवराज खतिवडाको आलोचना गर्दै सिस्टमले मात्रै बताए ।
पूर्वअर्थराज्यमन्त्री समेत रहेका उनले भन्सारमा गाडी आउन कम भएको र,राजश्व असुली २२ प्रतिशत मात्रै छ , जनतालाइ कर मात्रै थोपरेको छ ,उद्योगीहरु मर्कामा छन्,प्यानकार्ड र समाजिक सुरक्षा कोषले झन् समस्या थपेको छ,यसरी कतिदिन चल्छ र ?’।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवल —भैरहवामा आर्थिक अपराध बढ्यो भन्ने अभिब्यक्तिमाथि उनले टीप्पणी गरे ।
आफै मुख्यमन्त्री,अनि अपराध बढ्यो भन्दै हिड्न सुहाउछ ? कि त रोक्नुपर्यो ,होइन भने त पदमा बस्न नहुने बताए । साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.