स्वस्थ प्रतिस्पधाले ले ब्यबसायीलाई अब्वल बनाउने सभासद पन्थी
ब्यबसायी लाइ ब्यावसाय प्रवर्धन तथा नेतृत्व विकास तालिम प्रदान
बुटवल मंसिर १६
पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ रुपन्देहि शाखाले आफ्ना सदस्य हरुलाई ब्यावसाय प्रवर्धन तथा नेतृत्व विकास तालिम प्रदान गरेको छ । व्यबसायी हरुको व्यबसाय प्रबर्धन तथा व्यक्तिको नेतृत्व बिकास गर्नका लागी तालिमको व्यबस्था गरीएको अध्यक्ष त्रीलोचन ज्ञवाली बताए । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य विष्णु पन्थीले पुस्तक तथा स्टेशनरी व्यबसाय बौद्धीक पेशा व्यबसाय भएकाले यसलाइ ब्यपस्थीत मर्यादित बनाए मात्रै उपभोक्ता ब्यबसायी दुवैको हितहुने भन्दै शिक्षक किन्ने प्रवृतिले कसैको हित नहुने बताए । प्रदेश सभासदस्य पन्थीले स्वस्थ प्रतिस्पधाले ले ब्यबसायीला अब्वल बनाउने र अस्वस्थ प्रतिस्पर्धाले व्यबसायी धरासायी बन्ने भएकाले ब्यवसाय लाई मर्यादित बनाउन आग्रह गरे कार्यक्रमा महासंघका केन्द्रीय कार्यबाहाक अध्यक्ष मनोहरी बस्याल महासचिव दिवाकर घिमिरे निबर्तमान केन्द्रीय अध्यक्ष हरी अर्याल संस्थापक अध्यक्ष कृष्ण अर्याल सल्लाकार प्रभात सुवेदि लगाएत ले बोल्दै ब्यबसाय लाई बढाउन व्यवस्थीत स्वच्छ प्रतिस्पर्धा गरेर ब्यबसाय गर्न आग्रह गरे उनिहरुले मर्यादित भएर व्यबसाय गर्दा सवैको हित हुनेमा जोड दिए । कार्यक्रममा प्रशिक्षक द्धय प्रभात सुवेदि हिमाल ओझा ले सहजीकरण गरेका थिय । कार्यक्रम संस्थाका रुपन्देहि अध्यक्ष त्रिलोचन ज्ञवालिको अध्यक्षता सचिव दिपक पाठकको संचालन उपाध्यक्ष रामकृष्ण चापागाईको स्वगतमा सम्पन्न भएको थियो। भने रुपन्देहिका डेढ सय पुस्तक तथा स्टशनरी ब्यवसायीको सहभागीता रहेको थियो । तालिमा ब्यवसाय लाई सफल बनाउन ध्यान दिनुपर्ने कुरा बारेमा चर्चा यरीएको थियो