बुटवल मंसिर २२
बुवल ६ ट्राफिक चोकमा अवस्थीत,अलौकिक बचत तथा ऋण सहकारी संस्था ले आफ्नो दशौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष केशव राज पन्तको अध्यक्षता तथा बुटवल उपमहानगर पालिका चारका वडाध्यक्ष टंकप्रसाद पराजुलिको प्रमुख आथित्थ्यतामा मा सम्पन्न भएको कार्यक्रममा असल कारोबारी एसइइमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोरा छोरी र नयाँ सेयर सदस्य हरुलाई सम्मान गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अथिति बुटवल उपमहानगर पालिका वडा नम्वर४का वडाध्यक्ष टंकप्रसाद पराजुलि सहकारीको मर्म र उदेश्य अनुरुप चल्ने सहकारी सफल हुने भन्दै सहकारी उत्पादन संग जोड्नु पर्नेमा जोड दिए । उनले केहि सहकारी आर्थिक माफियाहरुले चलाएका कारण सहकारीले लिएको उद्देश्य अनुरुप नचलेको भन्दै बुटबल उपमहानगर पालिकाले सहकारी एैन ल्याउन लागेको जनाकारी दिए । उनले सहकारीले देशको आर्थिक बिकासमा टेवा पुराएको बताए । कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष केशवराज पन्थले अलौकिक बचत तथा ऋण सहकारी संस्था तिनाउ बहुउद्देश्यीय सहकारी संस्था संग एकताको प्रकृया अन्तीम चरणमा पुगेको जनाकारी दिए । अध्यक्ष पन्तले सरकारको निति अनुशारनै संस्था बलियो बनाउदै सहकारीको मर्म र उद्देश्य अनुरुप अत्पादनमा जोडिने बताए ।कार्यक्रममा प्रेमबहादुर वस्नेत ,केशव पन्थ,राधा पोख्रेल, कृष्ण न्यौपाने ,प्रदिप बन,नेदिराम ज्ञवालि लगाएतले बोल्दै संस्थाले गरेको प्रगतिको प्रसंसा गरेका थिय । कार्यक्र संस्थाका सचिव गिता खनालको संचालन सदस्य माधब ज्ञवालिको स्वागत मा भएको सधारण सभाले कोषाध्यक्ष अर्जुन भण्डारीको आर्थिक तथा लेखा समितिका संयोजक माधव पन्थको लेखा प्रतिबेदन र अध्यक्षको प्रगति प्रतिबेदन, तथा प्रस्ताबहरु पारीत गरेको छ । ३९५ सेयर सदस्य रहेको यस संस्थाले आर्थिक बषर््ामा चारलाख पचास हजार खुदमुनाफा गर्न सफल भएको छ । सभाले हालको कार्यसमितिको अवधि एकबर्ष थप गर्नुका साथै मर्जर प्रक्रिया टुङ्गोमा पुराउन कार्य समितिलाई अधिकार प्रत्यायोजन गरेको छ ।